नेपालको पहाड र हिमाली क्षेत्रमा पाईने लालिगुराँस फूल सबैभन्दा सुन्दर प्रजाति हो । पहाड र हिमालमा भएका बनजंगलहरुलाई रमणीय र सुन्दर बनाउनमा लालिगुराँसको ज्यादै महत्व रहदै आएको छ । पछिल्लो समय यो फूल लोप हुदै गएको बिज्ञहरुले बताउदै आएका छन् । समय मै यसको संरक्षण हुन जरुरी छ ।
हाम्रा पुर्खाहरुले हामीलाई दिएको महाप्रकृती वातावरणलाई जस्ताको तस्तै हाम्रा भाबी सन्ततीलाई हस्तान्तरण गर्नको लागी अहिलेदेखी नै यस किसिमका अभियान संचालन गरी वातावरण संरक्षणमा लगाएत लालिगुराँस फूल सुन्दर प्रजातीहरुलाई संरक्षण गर्नु हाम्रो दायित्व हो । लालिगुराँसको लोप हुने र विनाश हुनबाट रोक्न गुराँस भएका क्षेत्र क्षेत्रमा बिभिन्न किसिमका जनचेतनामुलक तथा सन्देशमुलक कार्यक्रम संचालन गर्न निकै आवश्यक भएको महशुस गरीएको छ । आम जनसमुदाय, बिद्मार्थी, बालवालिका, युवा, महिला तथा पुरुष वर्गमा चेतना जगाउंने कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरी लालिगुराँस संरक्षण गर्न स्थानिय स्तरमा उत्प्रेरणा जगाउने कार्य गर्ने । लालिगुराँस संरक्षणमा योगदान दिन आमनागरीक समाज र सरोकारवाला संघ संस्थाहरु स्थानिय निकायलाई बढी जिम्मेवार वनाउने कार्य गर्ने र बिशेष गरी आमनागरीकहरुलाई यसको संरक्षणका लागी जनचेतना अभिवृद्धि गराउन र “राष्ट्रिय फुल लालिगु्राँस” लाई संरक्षण गर्न निकै जरुरी रहेको छ । सबैजना मिलेर यसको संरक्षणमा उल्लेखनीय योगदान पुरयाउन आवश्यक छ ।
राष्ट्रिय फुल लालिगुराँस Rhododendron बारे केही जानकारी
क. बि.स.२०१२ सालमा लालिगुराँसलाई नेपालको राष्ट्रिय फूल घोषणा गरीएको थियो ।
ख.लालिगुराँसको रुख १० मिटरदेखी ३० मिटर सम्म अग्ला हुन्छन्।
ग.लालिगुराँस फुल्ने समय माघदेखी भाद्रसम्म-जनवरीदेखी अगष्टसम्म_।
घ. लालिगुराँसको फूल खान मिल्छ,रस स्वादिष्ट हुन्छ । यसबाट जुस,जाम, तेल, वाइन, अचार बनाउन सकिन्छ ।
ड.संसारभर लालिगुराँसका १०००भन्दा बढी प्रजाति फुल पाईन्छन्।
छ.लालिगुराँसलाई ताजा÷सुकाएर माछा पकाउदा प्रयोग गरेमा माछाको काँडा नरम बनाउछ भनिन्छ।
ज. नेपालमा १४ प्रजातिका राष्ट्रिय फुल लालिगुराँस पाईन्छन् ।
नेपालको राष्ट्रिय फुल लालिगुराँसको संरक्षण गर्न सकेमा ठुलो योगदान हुनेछ । नेपालमा पाईने यस किसिमका फूलहरुले पहाड हिमाली क्षेत्रमा यसको संरक्षण भई आन्तरीक तथा बाह्रय पर्यटन प्रबद्र्धनको ठुलो योगदान पुग्नेछ । यसले स्थानिय उत्पादनको प्रचार प्रसार ब्यापार ब्यबसायमा बृद्धि हुनेछ । स्थानिय कला संस्कृती रीतिरीवाजको संरक्षणमा ठुलो टेवा पुग्नेछ । स्थानिय नागरीकको आय आर्जनमा समेत बृद्धि हुनेछ । वातावरण संरक्षणमा थप टेवा पुग्नेछ ।
Leave a Reply