दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८१
Karnali International Film Festival-2081 KIFF
प्रेस विज्ञप्ति
नेपाली चलचित्रको प्रबद्र्धन र बिकाससँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्न नेपालको कर्णाली क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाई शहरदेखी गाउँसम्म चलचित्र र पर्यटन जोड्न बिबिध गतिविधी संचालन गर्ने उद्देश्य राखी यो महोत्सव आयोजना गर्न लागिएको छ । कर्णाली प्रचुर सम्भावना भएता पनि त्यहाँ पर्यटन विकास र चलचित्रसँग सम्बन्धित गतिबिधिहरु प्राय शून्य नै छन् । कर्णालीका अनगिन्ती कथा,जीवनशैली, भाषा, भेषभुषा, कला, संस्कृति, साहित्य, परम्परा र रितिरिवाजलाई संरक्षण र प्रबद्र्धनका लागि राज्यको भूमिका प्राय शुन्य रहेको स्थितीलाई मध्यनजर गर्दै जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र भन्ने अभियानका साथ गतबर्षदेखी कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मार्फत गन्तव्य कर्णाली अभियानको थालनी गरिएको छ । गतबर्ष मिति २०८० फाल्गुन १८–१९ गते तदनुसार १–२ मार्र्च २०२४ दुईदिन काठमाडौंमा, मिति २०८० चैत्र १७ गते तदनुसार ३० मार्च २०२४ का दिन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा र मिति २०८० चैत्र १८ गते तदनुसार ३१ मार्च २०२४ का दिन दैलेखमा महोत्सव आयोजना गरिएको थियो ।
कर्णालीमा भएका सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन यो महोत्सवको मुख्य लक्ष्य रहेको छ । राज्यका निकायसँग हातेमालो गर्दै यो महोत्सवलाई लक्ष्य उद्देश्य अनुरुपै परिणाममुखी बनाइने छ । कर्णालीमा रहेका पर्यटकीय स्थल, धार्मिक स्थल, चलचित्रका छायाङ्कन स्थल त्यहाँका अनगिन्ती कथा, कला, रीतिरिवाज, भेषभुषा, परम्परा र भाषा–संस्कृतिलाई देशविदेशमा धेरैभन्दा धेरै चलचित्र निर्माता, निर्देशक यससँग सम्बन्धित व्यतिm संघसंस्था माझ पुर्याउने गरी यसको प्रचारप्रसार गर्नुपनि महोत्सवको प्रमुख उद्देश्य रहेको छ । चलचित्र मार्फत पर्यटन र जलवायू परिर्वतनको सन्देशलाई प्रबद्र्धन र प्रवाह गर्ने चलचित्रलाई बिशेष सम्मान र प्रोत्साहित गर्नु यो महोत्सवको अर्को महत्वपूर्ण योगदान रहने छ ।
कर्णालीमा चलचित्र निर्माताहरुलाई भित्रयाउन तथा आन्तरिक तथा बाह्रय पर्यटनको प्रबद्र्धन गर्न यो महोत्सवको महत्वपूर्ण योगदान रहनेछ । यसले चलचित्र पर्यटन माफर्त कर्णालीको मात्र नभई समग्र देशको अर्थतन्त्रमा योगदान समेत दिनेछ । महोत्सवलाई सफल बनाउन चलचित्र र पर्यटन सम्बन्धित बिबिध कार्यक्रम संचालन गरी संघिय सरकार, कर्णाली प्रदेश सरकार, स्थानिय तहसँगको समन्वयमा राज्यका सम्बन्धित निकाय, चलचित्रसँग सम्बन्धित निकाय, व्यापारिक संस्था आम नागरिक र संचारकर्मीबाट सहयोग प्राप्त हुने आशा लिएका छौं । यो महोत्सवले कर्णालीमा रहेका चलचित्र छायाङ्कन स्थलको प्रचारप्रसार यहाँका कला, संस्कृती र कथाको प्रबद्र्धनका साथै यहाँको पर्यटन विकास, सामाजिक विकास आदिका लागी नागरिकमा चेतनाको अविबृद्धि, आर्थिक गतिविधि, सूचना तथा प्रविधिको विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा लिएका छौं । कर्णालीलाई चलचित्र पर्यटन तथा चलचित्र छायाङ्कन हब बनाउन यस क्षेत्रका सम्भावित स्थलहरुको खोज अनुसन्धान तथा प्रचारप्रसार गरी देश तथा विदेशमा यसको पहुँच पुर्याई यस क्षेत्रमा धेरैभन्दा धेरै चलचित्र छायाङ्कन गर्न आउने स्थिति निर्माण गर्न यो महोत्सवले ठुलो योगदान दिनेछ । योसँगै बिभिन्न बौद्धिक बहस छलफलहरु समेत आयोजना गरिने छ । भने जलवायू परिवर्तनको सन्देशलाई संसारभर पुर्याउने लक्ष्यका साथ महोत्सव आयोजना हुनेछ । महोत्सवलाई सम्पूर्ण क्षेत्रबाट साथ सहयोग रहने अपेक्षा लिएका छौं ।
लक्ष्यः
१. कर्णालीमा नेपाली चलचित्रको प्रबद्र्धनसँगै पर्यटन बिकासमा योगदान दिन यो महोत्सव आयोजना हुनेछ ।
२. कर्णालीका अनगिन्ती कथा,जीवनशैली,भाषा,भेषभुषा,कला,संस्कृति,साहित्य र रितिरिवाजको प्रवद्र्धन हुनेछ ।
३. नेपाली चलचित्रको माध्यमबाट सामाजिक, आर्थिक, शैक्षिक तथा चेतना स्तर वृद्धि हुनेछ ।
४. पर्यटन तथा नेपाली चलचित्र मार्फत स्थानिय रोजगारी, आयआर्जन र करको दायरा वृद्धि हुनेछ ।
५. कर्णालीलाई चलचित्र पर्यटन मार्फत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पहुँच पुग्नेछ ।
६. गाँऊ गाँऊमा नेपाली चलचित्रको अभियान थालनी हुनेछ ।
उद्देश्य : कर्णालीमा चलचित्र पर्यटन मार्फत सम्भावनाको खोज÷अनुसन्धान गर्ने ।
१. नेपाली चलचित्रबारे कर्णालीका आमनागरीकसँग सात्क्षात्कार गर्नु ।
२. स्थानिय चलचित्रकर्मीहरुलाई सम्मान, अनुभव आदानप्रदान भेटघाट र भावी रणनिती तय गर्नु ।
३. मौलिक कथा, पर्यटकीय तथा धार्मिक स्थलको प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याउनु ।
४. नेपाली चलचित्रलाई प्रबद्र्धन गर्न यस क्षेत्रसँग सम्बन्धितलाई हौसला र प्रोत्साहन गर्नु ।
५. कर्णालीमा बढीभन्दा बढी चलचित्र छायांकनका लागी आउने वातावरण निर्माण गर्नु ।
६. स्तरिय चलचित्र निर्माण गर्न प्रोत्साहन गर्ने र नेपाली चलचित्रको बिकास गर्न योगदान गर्नु ।
७. छायांकनमा जाने चलचित्रलाई स्थानिय सरकार र प्रदेश सरकारबाट प्रोत्साहन गर्न सहजीकरण गर्नु ।
८. समय अनुकुल कलाकार, निर्माता, निर्देशक, लेखक तथा प्राबिधिक ज्ञान, सिप र क्षमताको अभिवृद्धि गर्नु ।
९. नेपाली चलचित्र क्षेत्रका चुनौती र भावी रणनिती माथी छलफल गरी निस्कर्ष निकाल्नु ।
१०. चलचित्र पर्यटन र जलवायू परिवर्तनको सन्देशलाई जनजनमा पु¥याउनु ।
कार्यक्रमको उपलब्धि र निश्कर्ष :
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र सामाजिक मुद्दाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने एक महत्वपूर्ण प्लेटफर्म प्रदान गर्नेछ । यस महोत्सवले कर्णालीलाई चलचित्र पर्यटनको नयाँ गन्तव्यको रूपमा स्थापित गर्ने मात्र नभई जलवायु परिवर्तनको संवेदनशीलता र समाधानबारे जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्नेछ । स्थानीय कलाकार, चलचित्र निर्माता र प्रतिभाहरूलाई अवसर प्रदान गर्दै, यो महोत्सवले कर्णालीको सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई प्रवर्द्धन गर्नेछ । साथै व्यापारिक अवसरहरू, चलचित्र बजार विस्तार, र पर्यटन व्यवसायको प्रवर्द्धनमा ठोस योगदान दिनेछ । महोत्सवको सफलताको लागि सरकारी, गैरसरकारी, व्यापारिक क्षेत्र, र स्थानीय समुदायको सक्रिय सहभागिता अनिवार्य हुनेछ जसले कर्णालीको समग्र विकासमा दीर्घकालीन प्रभाव पार्नेछ ।
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव समुदघाटन तथा चलचित्र पर्यटन सम्बाद २०८१ सुर्खेत
मिति : २०८१ फाल्गुण २४ गते ( ८ मार्च २०२५)
स्थान :
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायू अवार्ड समारोह
मिति :२०८१ चैत्र १६ गते ( २९ मार्च २०२५)
स्थान :नेपाल पर्यटन बोर्ड काठमाडौं
रारा चलचित्र पर्यटन तथा जलवायू परिवर्तन समिट २०८१
(सम्भावना र यसका चुनौती)
मिति :२०८१ चैत्र ३० गते ( १२ अप्रिल २०२५)
स्थान:राराताल प्राङ्गण मुगु कर्णाली
चक्र बहादुर चन्द महोत्सव निर्देशक « फोन नं.: ९८५१०८५५८४
ई–मेल : karnalifilmfestival@gmail.com
पत्रकार सम्मेलन सम्पन्न । मिति २०८१ मंशीर २३ गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौं
नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ । रेड चेरी मिडियाले आयोजना गर्ने यो महोत्सवले “घुमौँ कर्णाली, हेरौँ कर्णाली” भन्ने नारालाई मूर्त रूप दिने प्रयास गर्दै कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउने लक्ष्य लिएको छ ।
महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार यो महोत्सवले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना बनाएको छ। यसपटक महोत्सवले जलवायु परिवर्तनका मुद्दाहरूलाई समेत प्राथमिकतामा राख्दै ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ आयोजना गर्ने घोषणा गरेको छ । महोत्सवका कार्यक्रमहरूमा चलचित्र प्रदर्शन, कार्यशाला, अन्तरक्रिया, र अवार्ड समारोह जस्ता विविध गतिविधि समेटिएका छन् ।
चलचित्र अभिनेता प्रदिप खड्का र अभिनेत्री सुरक्षा पन्तलाई महोत्सवका सद्भावना दूतका रूपमा नियुक्त गरिएको छ । खड्काले महोत्सवले चलचित्रलाई पर्यटन प्रवर्द्धनको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । आफ्नो चलचित्र ‘प्रेम गीत २’ को छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णालीको पर्यटनमा चलचित्रले पुर्याएको प्रभावको चर्चा गरे ।
अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नै सम्बन्धलाई चलचित्र ‘बुलाकी’ मार्फत अनुभव गरेको बताइन् । उनले महोत्सवले कर्णालीको कथालाई अझ उजागर गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन् । पन्तले कर्णालीको जीवनका थप कथाहरूमा अभिनय गर्न चाहेको बताउँदै महोत्सवको सुरुवातले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कर्णालीलाई चिनाउने प्रयासलाई बलियो बनाउने धारणा राखिन् ।
दोस्रो संस्करणको महोत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फागुन २४ गते औपचारिक रूपमा उद्घाटन हुनेछ । चैत्र १६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ भने चैत्र ३० गते मुगुको रारा ताल प्राङ्गणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुनेछ ।
चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड लगायत विभिन्न सरकारी र गैरसरकारी निकायहरूको सहकार्यले महोत्सवलाई थप बलियो बनाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई चलचित्र पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने अपेक्षा राखे ।
नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर रोहिणी प्रसाद खनालले राज्यले चलचित्र पर्यटन प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्थाहरू गरिरहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणाले निजी क्षेत्रले चलचित्र र पर्यटनलाई सधैँ सघाउँदै आएको उल्लेख गरिन् । अभिनेता शिव श्रेष्ठले हामीले टाढा सम्झेको कर्णालीलाई यो महोत्सवले नजिक बनाएको बताए ।
महोत्सवले जलवायु परिवर्तन जस्तो ग्लोबल समस्यालाई कर्णालीको सन्दर्भमा उठान गरेको छ । महोत्सवले जलवायु संरक्षणका लागि चलचित्र क्षेत्रमार्फत जनचेतना फैलाउने महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रकाशन समाचारका लिकहरु
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदीप खड्का र सुरक्षा पन्त
कर्णाली चलचित्र महोत्सव फागुन २४ देखि – Online Khabar
‘कर्णाली चलचित्र महोत्सव’को सद्भावना दूत बने प्रदीप र सुरक्षा
Pradeep and Surakshya, goodwill ambassadors of KIFF
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदीप र सुरक्षा – बाह्रखरी :: Baahrakhari
फागुन २४ गतेदेखि ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने
दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने
‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ फागुनमा हुने
‘दोस्रो अन्तरराष्ट्रिय कर्णाली महोत्सव’को सद्भावना दुतमा प्रदीप र सुरक्षा Mero film
फागुन २४ गतेबाट ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ | Nepal Khabar
फागुन अन्तिमसाता दोस्रो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव – Himalaya Times
फागुन २४ देखि कर्णाली चलचित्र महोत्सव- मनोरञ्जन – कान्तिपुर समाचार
‘किफ’ को दोस्रो संस्करण फागुन २४ देखि – Himal Press
फागुन २४ गतेबाट ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ | Nepal Khabar

Leave a Reply