अबका बहस यस्ता हुनुपर्छ :
जलवायू परिवर्तनको प्रभावले मानव जीवनमा संकट आउदैछ बिशेषगरी दिनप्रतिदिन हाम्रा हिमालहरु काला पथ्थर हुदैछन् । अबका बहस राजनीतिकभन्दा बढी सामाजिक मुद्दाहरूलाई प्राथमिकता दिनुपर्दछ । पछिल्लो समय राजनीतिक लफंगाहरू सामाजिक लफंगाहरू खाली एकले अर्कोलाई गाली गरेर समय बिताईरहेका छन अनि तीनका कार्यकर्ताहरु वाउ वा‘वा‘गरी रमाईरहेका छन् । देशको लागी यो अत्यन्त दुःखद कुरा हो ।
पछिल्लो समय दिनानुदिन जलवायु परिवर्तनको असरले हाम्रा हिमालहरु मात्र होइन, सम्पूर्ण मानव जीवनमा परेको छ दिन । प्रतिदिन हाम्रो वातावरण बिग्रिँदै गएको छ । हाम्रा हिमालहरू प्राकृतिक स्रोत मात्र होइनन्, देशको सांस्कृतिक र आर्थिक धरोहर पनि हुन्।तर हामीले जलवायु परिवर्तनका समस्याहरू बेवास्ता गरिरहेकाछौ । यसले हाम्रो पर्यटन, जैविक विविधता, र सामुदायिक जीवनलाई ठूलो घाटा पुर्याउन थालेको छ अब हामीले यसकिसिमका बहस थालनी गरौं ।
अब राज्यका निकायले गर्ने बहस पनी निम्न कुराहरू समेट्नुपर्छ ः
१. जलवायु परिवर्तनसँग जुध्ने ठोस रणनीति।
२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी वातावरणीय नीति निर्माण गर्ने ।
३. हिमाली क्षेत्रहरूको संरक्षणमा वैज्ञानिक र प्रविधिमूलक पहल गर्ने।
४. कलाकारका माध्यमबाट युवा र समुदायहरूमाझ सचेतना अभियान कार्यक्रम गर्ने।
कर्णाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव जस्ता कार्यक्रमहरूले यस्ता मुद्दाहरू उजागर गर्न र सचेतना जगाउन धेरै सहयोग गर्नेछ। कला र फिल्मका माध्यमले जनमानसमा जलवायु परिवर्तनको समस्या र समाधानको सन्देश फैलाउन भरपुर सहयोग गर्नेछ।





Leave a Reply