अबका बहस यस्ता हुनुपर्छ :
जलवायू परिवर्तनको प्रभावले मानव जीवनमा संकट आउदैछ बिशेषगरी दिनप्रतिदिन हाम्रा हिमालहरु काला पथ्थर हुदैछन् । अबका बहस राजनीतिकभन्दा बढी सामाजिक मुद्दाहरूलाई प्राथमिकता दिनुपर्दछ । पछिल्लो समय राजनीतिक लफंगाहरू सामाजिक लफंगाहरू खाली एकले अर्कोलाई गाली गरेर समय बिताईरहेका छन अनि तीनका कार्यकर्ताहरु वाउ वा‘वा‘गरी रमाईरहेका छन् । देशको लागी यो अत्यन्त दुःखद कुरा हो ।

पछिल्लो समय दिनानुदिन जलवायु परिवर्तनको असरले हाम्रा हिमालहरु मात्र होइन, सम्पूर्ण मानव जीवनमा परेको छ दिन । प्रतिदिन हाम्रो वातावरण बिग्रिँदै गएको छ । हाम्रा हिमालहरू प्राकृतिक स्रोत मात्र होइनन्, देशको सांस्कृतिक र आर्थिक धरोहर पनि हुन्।तर हामीले जलवायु परिवर्तनका समस्याहरू बेवास्ता गरिरहेकाछौ । यसले हाम्रो पर्यटन, जैविक विविधता, र सामुदायिक जीवनलाई ठूलो घाटा पुर्‍याउन थालेको छ अब हामीले यसकिसिमका बहस थालनी गरौं ।
अब राज्यका निकायले गर्ने बहस पनी निम्न कुराहरू समेट्नुपर्छ ः
१. जलवायु परिवर्तनसँग जुध्ने ठोस रणनीति।
२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी वातावरणीय नीति निर्माण गर्ने ।
३. हिमाली क्षेत्रहरूको संरक्षणमा वैज्ञानिक र प्रविधिमूलक पहल गर्ने।
४. कलाकारका माध्यमबाट युवा र समुदायहरूमाझ सचेतना अभियान कार्यक्रम गर्ने।
कर्णाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव जस्ता कार्यक्रमहरूले यस्ता मुद्दाहरू उजागर गर्न र सचेतना जगाउन धेरै सहयोग गर्नेछ। कला र फिल्मका माध्यमले जनमानसमा जलवायु परिवर्तनको समस्या र समाधानको सन्देश फैलाउन भरपुर सहयोग गर्नेछ।

 

 

 

 

The National Heritage Conservation Foundation Nepal recently honored individuals for their significant contributions in various fields. Renowned journalist Prakash Subedi received special recognition for his impactful work in the film industry, while social activist and filmmaker Chakra Bahadur Chand was honored for his exceptional contributions to the social sector. The event was chaired by Rajnand Mandavya, the founder and president of the Foundation.