Category Blog (Katha Yestopani)

डर निर्मल निवासको हैन डर बिदेशी हस्तक्षेपको हो । कतै बिदेशीले…..
दशैंको अन्ततिर निर्र्मल निवासमा भिडभाड हुनु ठुलो कुरा भएन, ठुलो परिवारमा जहाँपनि हुन्छ, यही कुरामा राजाबादीहरु दौरा सुरुवाल मिलाउन थालेको पनि देखियो । असक्षम नेताहरु जुरमुराउन थालेको पनि देखियो । राजा न राप्रपाले ल्याउछ न प्रसाई जस्ता उदण्ड चरित्रले ल्याउछ न दरवारबाट आर्सिबाद पाएका हिजो कुनै न कुनै पद पैसा जागीर खाएकाबाट संभव छ । यीनीहरु त यसो खेलोमेलो गर्ने प्रधानमन्त्री मन्त्री पाए कुम्ल्याई हाल्ने हुन नभए यीनीहरुले राजसंस्थाबारे ठोस् आन्दोलन गर्न सके त जेन्जीले दुईदिनमा नै सता पल्टाउन सक्ने राप्रपाले गर्न नसक्ने हुन्थ्यो त यसलाई खेलोमेलो भनिन्छ। यी सबै कुरा यीनीहरुको नितान्त ब्यक्तिगत स्वार्थका गतिबिधि हुन । कुर्सि र राज गर्ने यीनीहरुको प्रमुख काम कर्तब्य हो । न राजसंस्था तपाईहरुको मिलाउदै गरेको दौरा सुरुवालले पुनस्थापना गर्छ न असक्षमहरु जो अहिले अनुहार देखाउन लाएक भएनन लुकेर चर्का स्टाटसको भुकाईको रोकिन्छ । यसको एकमात्र ताकत यूवापुस्ता र नेपाली जनतामा छ । जनताले चाहे ल्याउछन न चाहे ल्याउदैनन खेल खतम। आहिले यो बहस यति मै राखौं । यहाँ समस्या त देशलाई कसरी अगाडी बढाउने भन्नेमा हो । यहाँ समस्या बिदेशी संस्थाले देश हातमा लिएकी भन्ने डर हो। डर निर्मल निवासको हैन डर बिदेशी हस्तक्षेपको हो ।
तपाईहरुको हैसियत त अस्ती दुईदिन मै देखियो नि देशलाई लुछीलुछी यसरी लुटनु भएको रहेछ यूवाको आक्रोस जनताको आक्रोस हेर्नुभयो होला । देशमा बेथिती चरम बेरोजगारी भस्टाचार पाटिको सिण्डिकेट लगाएर देश भडखालोमा हालेको परिणाम स्वरुप भागाभागको अवस्था आयो । सिंहदरवार अदालत जस्ता संबेदनशील ठाँउ जल्नु पर्यो यो तपाई असक्षम ३६बर्ष देशलाई लुटेको परिणाम हो भलै देशको लागी दुखद भयो । समस्या राजको हुदै हैन राजाले चाहेको भए अस्तिको जेन्जीको दोश्रो दिनको आन्दोलन पछि एकछिन भएपनि लोभ गरेर सतामा आउन सक्ने स्थिती नभएको हैन तर जसले जनता र देशको माया माटोको माया ह्रदयआत्मादेखी समर्पण गरेको हुन्छ उसले कदापी देश र जनताको कुभलो चिताउदैन भन्ने कुरा राजसंस्थाले फेरी प्रमाणित गर्यो त्यसकारण झन जनताको भावना र माया यो संस्थाप्रति उच्च बन्यो । ३६बर्षसम्म देशलाई लुटन पालैपालो अझ अग्रीम लुटी खाने गरी कुर्सि तय गरेको हामी सबैले हेरेकै हो । यो संसरमा कही कतै छ । तसर्थ तपाईहरुको कुकर्मले अब देशलाई आर्थिक सम्बृद्धितिर लिन सक्दैन । हो एउटा बिकल्प चाँही छ दोश्रो पुस्ताका नेताहरु चाकडी दलाली नगरी जनमतको भावना अनुरुप काम गर्ने प्रतिबद्धता अनुरुप काम गर्न सके केही सम्भावन जीवित रहन सक्छन् । तपाईहरुले देशलाई बिदेशी क्रण लिएर देशलाई बिदेशी संस्थाबाट चन्दा लिएर उनीहरु अनुरुप शासन सता चलाउने अनी जनतालाई मैले यति बजेट हालिदिए भनेर खल्तीको पैसा दिए जसरी जनतालाई झुक्काएर आएको पनि ३६बर्ष भएछ । अहिले देशको आर्थिक स्थिती बिदेशी क्रण र बिदेशी हस्तक्षेप हेर्दा त देशलाई टाट पल्टाउने काम मात्र पो भएको रहेछ । त्यो क्रण कलकारखाना खोल्न जनता केन्द्रित गर्नु भयो त कति जनताले रोजगारी दिनुभयो सामान्य प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसम्म आफना् कार्यकर्ता भर्नुभएको हैन गरिब दिनदुखीलाई काम दिनुभयो त ।
अब देशलाई निकास र सम्बृद्धि बनाउन कसैको दलाल नभई स्वाभिमानी नेपाली भएर बाँच्न पाउने माटो अनुसारको राज्यसता संचालन हुने बिकास गर्न सके एक दशकमा देश समृद्धिको बाटोमा जाने मार्ग प्रशस्त छन् । अब पनि हामी ब्यतिm बिशेषलाई जिताउने पुजा अर्चना गर्ने वा तानाशाह जन्माउनेतीर लाग्नु हुदैन र जसले देशमा ३६बर्षसम्म लुटे पाटिका कार्यकर्ता ब्यबस्थापनका लागी मात्र राज्यसता चलाए यतिसम्म कि पालिकाको भुगोल छुटाउदा समेत आफू अनुकुल आफनो लालपुर्जा जसरी छुटाएर पालिकासम्म लुटन खोजे यी महादलालहरुलाई समयले तह लगाएको छ र लगाउनु पर्छ । देश लुटेको परिणाम भ्रष्टाचार र अकुत सम्पती जम्मा गरेको परिणाम यही जन्ममा देखियो। भलै धेरै सरल असल नेताहरु पनि यो चपेटामा परे यो दुखद हो । अव जनताले स्वविवेक लगाउने समय आयो चाहे जुनसुकै किन नहोस् स्वाभिमानी नेपाली त्यसको बिगतदेखी बर्तमानसम्म बुझेर मतदान गर्न नसके देशको लागी यो जस्तो बिडम्बना अरु हुनेछैन । अब नागरिक मतदाता सचेत हुने दिन आयो । आफ्नो मत परिवर्तन गर्न नसके जनता नै यो देशको ठुलो समस्या हो भन्ने बुझनुपर्छ । र देश बिघटनको बाटोमा जानेछ । सबैको जय होस् ।

Bagmati Clean-Up Mega Campaign Enters Its 13th Year with Renewed Commitment to a Greener Nepal

Kathmandu, May 30, 2025 — In a remarkable display of environmental dedication, the Bagmati Clean-Up Mega Campaign marked the beginning of its 13th year with a special celebration at Ananda Pashupati, beside the sacred Bagmati River in Kathmandu. Over the past 12 years, this people-powered movement has become a symbol of civic responsibility, ecological consciousness, and community-driven action.

The commemorative event was graced by the presence of Hon. Minister for Forest and Environment, Mr. Ain Bahadur Shahi, who formally inaugurated the program by planting Peepal and Banyan saplings on the riverbank. This symbolic act also launched this year’s ambitious mission: the planting of 13,000 trees, further solidifying the campaign’s commitment to urban greening and ecosystem restoration.

Adding to the milestone, the campaign’s official website was launched, providing a digital platform for public engagement, volunteer registration, and awareness-raising about the environmental mission.

Prominent campaigners presented a detailed overview of the Bagmati Clean-Up Campaign’s evolution — from a grassroots river-cleaning initiative to a nationwide symbol of environmental stewardship. Among the presenters were activists Chakrabahadur Chand and Mala Kharel, who outlined the campaign’s goals, impacts, and continued need for community and policy support.

The event featured powerful messages from Actress Suhana Thapa, who emphasized the importance of artistic voices in promoting environmental awareness, and Hon. MP Kusum Devi Thapa, Chairperson of the Cooperative and Natural Resources Committee. MP Thapa called for deeper institutional collaboration and policy-level support for such citizen-led movements.

In recognition of public participation, 13 individuals were honored by Minister Shahi through the symbolic handover of tree coupons. The minister also announced a significant pledge: the Ministry of Forest and Environment will provide 13,000 saplings to support this year’s tree-planting initiative. He affirmed that the government would align with the campaign’s vision by offering policy support and integrating it into national environmental strategies.

As the campaign steps into its 13th year, it stands as a powerful example of sustained civic engagement. Its impact is visible not just in cleaner riverbanks, but in the shifting attitudes of thousands of volunteers, policymakers, and citizens toward environmental responsibility.

The Bagmati Clean-Up Mega Campaign continues to inspire a nation with its call to action:
“Let’s keep our rivers clean and our cities green.”

#BagmatiCleanup #13YearsStrong #GreenNepal #CleanEnvironment #TreePlantingCampaign #NepalForNature #EcoMovement #TogetherForBagmati