Category Blog (Katha Yestopani)

कर्णाली चलचित्र महोत्सवले दिएको सन्देश

कर्णाली चिन्नेलाई श्रीखण्ड हो नचिन्नेलाई भने खुर्पाको बिड कर्णाली चलचित्रको लागी अध्ययनको बिषय हुनसक्छ । चलचित्रमा चाहिने अग्र्यानिक कथा भर्जिन लोकेशन मात्र हैन त्यहाँका लुकेका कथा,कला,संस्कृती,रितिरीवाज र परम्पराको त कुरै नगरौं कर्णालीमा अपार सम्भावना छ । कर्णालीका यही सम्भावनालाई उजागर गर्न कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० हालै आयोजना भयो । “घुमौ कर्णाली हेरौ कर्णाली” भन्ने नाराका साथ शुरु गरेको महोत्सव बि.स. २०८० फाल्गुन १८–१९ गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा अनी कर्णाली मै मिति २०८० चैत्र १७ र १८ गते सुर्खेत र दैलेखमा समेत भब्य आयोजना गरियो । यो महोत्सवले कर्णालीका हरेक कुरालाई जोड्ने अवसरका रुपमा समेत भयो । समारोहमा राज्यका उपप्रधानमन्त्री सहित प्रदेशका प्रमुख समेतको उपस्थिती भयो । संघिय सांसददेखी प्रदेश सांसद स्थानिय तह प्रमुखदेखी राज्यका बिभिन्न ओहोदामा रहेका जिम्मेवार ब्यतिmदेखी बिभिन्न बिशिष्ठ चलचित्रकर्मीदेखी निर्माता,निर्देशक र लेखक, साहित्यकार सहित पर्यटन ब्यवसायीको समेत बाक्लो सहभागीता रहेको थियो ।

महोत्सवको लक्ष्य कर्णालीका कथा, कला, रीतिरिवाज, भाषा, भेसभुसा, परम्परा र संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गरी प्राकृतिक सुन्दरता, पर्यटकीय स्थल, धार्मिक स्थल तथा सम्पदाहरूलाई संसारभर चिनाउने महाअभियान हो । नेपाली चलचित्रलाई कर्णालीमा छायाङ्कन गर्न सहज वातावरण बनाउन सहजीकरणको भूमिका निर्बाह गर्ने लक्ष्य सहित कर्णालीका स्थानिय तह प्रदेश सभा र केन्द्रका जिम्मेवार ब्यतिmलाई सहभागी गराई बिभिन्न चरणमा छलफल गरी महोत्सव आयोजना गरिएको थियो ।

औपचारिक कार्यक्रम मात्र नभई महोत्सवमा बिभिन्न बिषयमा शेसन छलफल गरी गहिराईमा समेत पुगेर कर्णालीमा चलचित्र र पर्यटन विषयमा सेसन छलफल समेत संचालन गरियो । यसमा संघिय सांसद ज्ञानेन्द्र शाही, दैलेख गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसी, पर्यटन बोर्डका प्रबन्धक सुर्य थपलिया चर्चित अभिनेत्री सुरक्षा पंतको सहभागीतामा प्यानल छलफलमा भएको थियो जसको संचालन लेखक तथा पत्रकार बिकास सुवेदीले गरेका थिए । जसमा राज्यका तिन तहका कुरा छलफल निचोड आएर चलचित्र छायांकनलाई सहज गर्ने र स्थानिय तथा प्रदेश सरकारले यसलाई गम्भीररुपमा लिएर अगाडी बढ्ने निष्कर्ष निकालिएको थियो ।

महोत्सवको दोश्रो दिन समापन समारोहमा कर्णालीका मौलिक कथा परिवेश र चलचित्र बिषयमा सेसन छलफल संचालन भएको थियो । साहित्यकार डा.मधुसुदन गिरी,साहित्यकार मोतीराज बम,लेखक ओम रिजाल सहितको बिज्ञ समुहले कर्णालीका कथा परिवेश र चलचित्र माथी छलफल संचालन भएको थियो । जसको संचालन पत्रकार रविन्द्र सुवेदीले सहजकर्ताको भूमिका निभाउनु भएको थियो ।

अन्तिम सेसन कर्णालीमा चलचित्र विकास र राज्यको भूमिकामा छलफल संघिय सांसद बिनिता कडायत कर्णााली प्रदेशका योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही पर्यटन ब्यबसायी मेघ आले वरिष्ठ अभिनेत्री÷निर्माता करिष्मा मानन्धर र लेखक मनोज पण्डितको गहन छलफल संचालन भएको थियो जसको संचालन पत्रकार जीवन पराजुलीले गर्नुभएको थियो । सेसनको अध्यक्षता मध्यपश्चिम विश्वबिद्यालयका पूर्व रजिष्टार साहित्यकार डा. महेन्द्र कुमार मल्लले गर्नुभएको थियो । त्यस पश्चात समापन समारोहमा कर्णाली प्रदेश सांसद एवं समाजसेवी राजिव बिक्रम शाहको प्रमुख आतिथ्यतामा समापन समारोह आयोजना भएको थियो । कार्यक्रममा सांसद शाहले चलचित्र र पर्यटन बिकासमा योगदान दिन कर्णाली तयार रहेको भन्दै अव नेताहरु परिवर्तन हुन जरुरी भएको भन्दै नेताहरुलाई भगवान मान्ने प्रथा भएकोले राजनिती दलले ठिक किसिमले काम गर्न नसकेको जनता केन्द्रित काम नभएकोले देश छोड्नेको लर्को रहेको बताउदै यसकिसिमका महोत्सवले कर्णालीको पर्यटन बिकासमा योगदान दिने बिचार राख्दै आफू यस अभियानमा सधै साथमा रहने बिचार ब्यक्त गनुृभएको थियो । अन्तमा नेपाली चलचित्र प्रकाश प्रर्दशन गरिएको थियो ।

जसरी काठमाडौं महोत्सवगर्दा चलचित्रकर्मीको लर्को लाग्यो त्यही हिसाबमा कर्णालीमा सम्भव भएन । यो सम्भव दुई कारणले भएन एक कलाकार जान नमान्ने स्थिती अर्को आर्थिक ब्यवस्थापनको पाटो आर्थिक भन्दा पनि कलाकारहरुले कर्णाली जान नमान्ने स्थिती भने पक्कै छ । कर्णाली भन्यो कि बिभिन्न बाहना आउनु स्वभाबिक नै हो । कर्णाली भनेपछि टाढा भन्ने बुझाई चलचित्रकर्मीको छ । तर त्यसो हैन काठमाडौंबाट कर्णालीको राजधानी बिरेन्द्रगर जान एक घण्टाको हवाई दुरी छ । भने अज्य जिल्ला जान पनि हवाई सुबिधाहरु छन् । तर एकबदम टाढा भन्ने बुझाई चलचित्रकर्मीको छ । कुरा महोत्सवको मात्र हैन बर्षमा ५÷६ दर्जन चलचित्र बन्ने गर्छन निकै तामझामका साथ काठमाडौं र बिशेष गरी पुर्वी नेपालसम्म प्रचार प्रसार सहित बिभिन्न कार्यक्रमहरु आयोजना हुने गर्छन । तर एउटा पनि चलचित्रकर्मी बाँकेको कोहलपुर भन्दा उता कर्णालीमा जाने गरेको पाईदैन यो हेर्दा पनि काठमाडौंका चलचित्रकर्मीले समेत कर्णालीलाई हेर्ने दृष्टिकोणमा फरक रहेको सजिलै ठम्याउन सकिन्छ । एक अध्ययनका अनुसार काठमाडौंमा हुने अधिर्कास कार्यक्रमहरु पश्चिम क्षेत्र कै आमनागरिक बढी सहभागी हुने गरेका तथ्य छ । नेपाली कलाकारलाई सबैभन्दा धेरै माया गर्ने नेपाली फिल्म हेर्ने कलाकारलाई सम्मान दिनेमा तिनै क्षेत्रका आमनागरिक ह्ुने गर्छन । यो कुरा चलचित्रकर्मीले बुझन जरुरी छ ।

महोत्सव काठमाडौ मात्र सिमित रहेन मिति २०८० चैत्र १७ गते तदनुसार ३० मार्च २०२४ का दिन कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित होटल शुभको सभाहलमा ५०० जनाको भब्य सहभागीतामा कर्णाली चलचित्र र पर्यटन मन्थन २०८० (सम्भावना र यसका चुनौती) बिषयमा कर्णाली बेश महोत्सव सम्पन्न भएको थियो । बिभिन्न बिधामा बिषयगत प्यानल छलफल तथा अनुभव आदानप्रदान भएको महोत्सवलाई कर्णाली प्रदेश सरकारका प्रमुख माननीय तिलक परियारबाट समुदघाटन भएको थियो । महोत्सवमा संघिय सांसद सोबिता गौतम, प्रदेश सांसद माननीय राजिव बिक्रम शाह र माननीय घनश्याम भण्डारी, बिरेन्द्रनगर नगरपालिकाका मेयर श्री मोहन माया भण्डारी ढकाल, कर्णाली लोकसेवा अयोगका सदस्य माननीय बसन्ती शाही, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय योगेन्द्र शाही, गुराँस गाउपालिका अध्यक्ष श्री टोप बहादुर बिसी, नेपाल चलचित्र बिकास बोर्डका कार्यकारी अध्यक्ष श्री भुवन केसी, चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष निर्माता निर्देशक श्री आकाश अधिकारी लगायत बिशिष्ट ब्यतिmहरु लेखक साहित्यकार, चलचित्रकर्मी बिभिन्न बिद्यालयका संचालन पत्रकार बुद्धिजिवी, यूवा बिद्यार्थी उद्योग ब्यवसायीको बाक्लो उपस्थिती रहेको थियो । यसै क्रममा बिभिन्न सेशनमा छलफल समेत संचालन गरिएको थियो । पहिलो सेशनमा कर्णाली चलचित्र सम्भावना र राज्यको भूमिका बिषयमा संघिय सांसद सोबिता गौतम कर्णाली प्रदेश सांसद घनश्याम भण्डारी बिरेन्द्रनगर नगरपालिका प्रमुख श्रीमती मोहन माया भण्डारी ढकाल र अभिनेता निर्देशक तथा निर्माता संघका निबर्तमान अध्यक्ष आकाश अधिकारीको सहभागीतामा मप विश्वबिद्यालयका पूर्व रजिष्टार डा. महेन्द्र कुमार मल्लको अध्यक्षतामा भएको सेशनको सहजिकरण चक्र बहादुर चन्दले गर्नुभएको थियो ।

दोश्रो सेशन कर्णालीमा गजल संबाद जसमा गजलकारहरु श्री साबित्री स्वप्निल,श्री महेन्द्र चन्द महासागर,श्री नवराज कुन्दन, श्री धिरेन अनुपम, श्री कपिल अन्जानको गजल बाचनमा संचालक श्री पहल असिम रहनु भएको थियो ।

तेस्रो सेशन कर्णालीका कथा र चलचित्र ः जनप्रतिनिधी र बिज्ञको भूमिका रहेको थियो । जसमा प्रदेश सभा सांसद राजिव विक्रम शाह, गुराँस गाऊपालिका दैलेखका अध्यक्ष श्री टोप बहादुर बिसी, चलचित्र बिकास बोर्डका कार्यकारी अध्यक्ष श्री भुवन केसी साहित्यकार श्री बसन्ती शाही, लेखक डा. नवराज केसी बक्ता र सेशन अध्यक्षता बरिष्ठ अधिबक्ता तथा पूर्व महान्यायधिबक्ता ध्रुब कुमार श्रेष्ठ र सहजिकरणमा श्री प्रकाश शाही रहन्ु भएको थियो ।

महोत्सव कै सिलसिलामा दैलेखको गुराँस गापाको पर्यटकिय स्थल भिउचुलामा २५० जनाको सहभागीतामा गुराँस सम्बाद तथा चलचित्र पर्यटन सम्बाद आयोजना गरिएको थियो । गुराँस गाऊपालिका दैलेखका अध्यक्ष श्री टोप बहादुर बिसी, चलचित्र बिकास बोर्डका कार्यकारी अध्यक्ष श्री भुवन केसी चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष निर्माता निर्देशक श्री आकाश अधिकारी बक्तmाको रुपमा रहनु भएको थियो भने सेशनको सहजिकरण चक्र बहादुर चन्दले गर्नुभएको थियो । यो सेशनमा आमनागरीकसँग चलचित्र बिकास बोर्डका अध्यक्षले यहाँ चलचित्र छायांकनको सम्भावना रहेको बिचार राख्दै गुराँसको तर्फबाट चलचित्र छायांकन स्थलका रुपमा बिस्तार गर्न औपचारिक माग गरिएको थियो । यसकिसिमले महोत्सवले परिणाममुखी गतिबिधी संचालन गरेर कर्णालीको ईतिहासमा नयाँ अभियानको थालनी भएको हो

१. महोत्सवको लक्ष्य प्राप्ति ः कर्णालीमा पर्यटन र चलचित्रको बिकास र प्रबद्र्धन सहित चलचित्र छायांकनको लागी सम्भावनाको ढोका खोली पर्यटन बिकासमा योगदान दिने महोत्सवको मुख्य लक्ष्य रहेको थियो । यही अनुरुप महोत्सव आयोजना भएको थियो ।

क. कर्णालीमा चलचित्र प्रबद्र्धन गर्न यो महोत्सव कोशेढुगा साबित भएको छ । कर्णालीमा चलचित्र छायांकन र प्रबद्र्धनका लागी आर्कषण बढाउने कार्य भएको छ ।

ख. कर्णालीका अनगिन्ती कथा, जीवनशैली,भाषा,भेषभुषा,कला,संस्कृति,साहित्य,परम्परा माथी चलचित्र बनाउन निर्मातालाई त्यहाँकाबारे बिस्तृत जानकारी सहित केही निर्माता त्यहाँका कथामा चलचित्र निर्माण गर्न प्रोत्साहित समेत भएका छन् ।

ग. कर्णालीमा पर्यटन र चलचित्रको माध्यमबाट त्यहाँका सामाजिक,आर्थिक, शैक्षिक तथा चेतना स्तरमा वृद्धि हुने सन्देश महोत्सवबाट गएको छ । प्रदेश सरकारले आगामी निती कार्यक्रममा यसले नितिगत रुपमा प्रवेश पाउने भएको छ ।

घ. चलचित्र पर्यटन मार्फत त्यहाँ स्थानिय रोजगारी, आयआर्जन र करको दायरा वृद्धि हुने सन्देश गएर त्यहाँको प्रदेश तथा स्थानिय सरकारले चलचित्रलाई प्राथमिकतामा राखेर अगाडी बढने योजना बन्ने वातावरण तय भएकोछ ।

ड. कर्णालीलाई चलचित्र पर्यटन मार्फत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पुर्याई चलचित्र गन्तब्य स्थल बनाउन स्थानिय सरकार र प्रदेश सरकारले योजना ल्याउने प्रतिबद्धता समेत ब्यक्त भएको छ ।

 

२. उद्देश्य प्राप्ति ः कर्णालीमा पर्यटन र चलचित्र मार्फत सम्भावनाको खोज÷अनुसन्धान र पर्यटन प्रबद्र्धन गरी सरकार र स्थानिय नागरिकको दायित्व बोध गराउने लक्ष्य अनुरुपै महोत्सव आयोजना भएको थियो ।

क. नेपाली चलचित्रबारे कर्णाली प्रदेशका आमनागरीकसँग सात्क्षात्कार गर्ने उद्देश्य बमोजिम १५०० जना प्रत्यक्ष र बिभिन्न माध्यमबाट करिब १० लाख जनामा यसको सन्देश प्रबाह भएको थियो ।

ख.स्थानिय चलचित्रकर्मीहरुलाई सम्मान, अनुभव आदानप्रदान भेटघाट र भावी रणनिती बनाउने योजना मुताबिक महोत्सवले लक्ष्य प्राप्ति गरेको छ । यो सम्मानबाट चलचित्रकर्मी खुशी र उत्साहित भएका थिए ।

ग.कर्णालीका पर्यटकिय स्थल मौलिक कथा, पर्यटकीय तथा धार्मिक स्थलको प्रचारप्रसार हुन सकि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा महोत्सव मार्फत सन्देश प्रबाह भएको छ ।

घ.त्यस क्षेत्रमा छायांकन भएका चलचित्र, लघु चलचित्रहरुको प्रर्दशन गर्दै हौसला र प्रोत्साहन समेत गरिएको थियो भने पहिलो पटक त्यहाँ निर्माण भएका चलचित्रलाई स्थानियबासीबाट समिक्षा समेत गरिएको थियो ।

ड.महोत्सवका कारण कर्णालीमा बढीभन्दा बढी पर्यटन भित्रिने र चलचित्र छायांकनका लागी जाने वातावरण निर्माण भएको छ ।

च.त्यहाँका पर्यटकिय स्थल धाार्मिक स्थलमा मौलिक कथा, भाषासंस्कृती, कला र रितीरिवाजमा स्तरिय चलचित्र बन्ने वातावरण तयार भएको छ । जसका कारण कर्णालीमा पर्यटन र चलचित्रको बिकास र प्रबद्र्धन गर्नको लागी ढोका समेत खुलेको छ ।

छ.चलचित्र छायांकन जानेका लागी कर्णालीको प्रदेश सरकार स्थानिय सरकार र स्थानिय नागरिकले सहयोग गरी चलचित्र छायांकनमा सहज बाताबरण बन्न यो महोत्सव कोसेढ्ुगा साबित भएको छ । जसले गर्दा अब चलचित्रका मेकरलाई सहज हुने अपेक्षा लिईएको छ ।

ज.कर्णालीमा चलचित्र भवनहरु कमै एउटा मात्र रहेकोले त्यहाँका नागरिकमा चलचित्र प्रर्दशन गर्नका लागी घुम्ति चलचित्रको अवधारण ल्याई हरेक जिल्ला जिल्लामा चलचित्र प्रर्दशन गर्ने बाताबरण तय गर्न राज्यलाई सुझाब दिने र चलचित्रकर्मीले कार्यान्वयन गर्ने जसमा स्थानिय तहले साथ सहयोग गर्न आवश्यक रहेको कुरा छलफलमा उठेका छन् ।

३. महोत्सवले दिएको सन्देश र प्रचार

यो महोत्सव आयोजनाले नेपालको चलचित्र पर्यटन प्रबद्र्धनका लागी अहम भूमिका निर्बाह गरेको छ । आम नागरिकमा चलचित्र र पर्यटनको भूमिकाबारे सकारात्मक सन्देश प्रवाह भएको छ । चलचित्र छायांकनमा आउदा साथ सहयोग गर्ने वातावरणको बिकास भएको छ । यस क्षेत्रमा धेरै चलचित्र निर्माण हुनुपर्छ भन्ने भावनाको बिकास भएको छ । यहाँका कथामा चलचित्र निर्माण हुने स्थिती बनेको छ त्यो सन्देश प्रवाह भएको छ । कर्णालीमा चलचित्र भवन नभएको अवस्थामा अब भुम्ति चलचित्रको अवधारणा ल्याउन राज्यलाई दबाब श्रृजना भएको छ । राजनिति नेतृत्वमा संघिय सांसदहरु प्रदेश सांसदहरु तिन तहको सरकार र चलचित्रकर्मी सहित आम कर्णालीबासी माझ चलचित्रका बारे जानकारी यस क्षेत्रका समस्या सम्भावना र चुनौती बारे एकै थलोमा बसेर छलफल निश्कर्ष आएको छ । छलफलका क्रममा आएका बिभिन्न कुराले चलचित्र पर्यटनको सम्भवना बढेको छ । बिज्ञका बिचार सहभागीको प्रतिक्रिया र आमसंचार माध्यममा राम्रो प्रभाव पर्न गएकोले यो महोत्सव परिणाममुखी भएको छ । नागरिकमा सकारात्मक सन्देश गएको छ । महोत्सव काठमाडौं र कर्णाली प्रदेशको मुख्यकेन्द्र सुर्खेतमा समेत आयोजना भएकाले यसलाई बिशेष गरी कर्णालीका हरेक नागरीकले अझ नजिकबाट बुझने मौका पाउनु भएकोछ । २०८० फाल्गुन १९ गतेको नयाँपत्रिकाको पहिलो पेजमा “कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” को जानकारीमूलक पोष्टर प्रकाशन काठमाडौं लगायत देशका प्रमुख शहरमा करिब दुई दर्जन डिजिटल डिस्प्लेमा महोत्सवको करिब एक महिना प्रचारप्रसार र यसका सामाग्रीहरु प्रर्दशन गरिएकोले पनि आमनागरीकले कर्णालीमा भएका चलचित्र र पर्यटनका सम्भवनालाई उजागर गरेको छ । महोत्सवले कर्णालीको समग्र बिकासमा चलचित्र र पर्यटनको महत्व माथी चर्चापरिचर्चाका कारण नयाँ फड्को मार्ने बुझाई आयोजक समितिको गरेको छ । यो महोत्सवले देश बिदेशमा समेत राम्रो सन्देश प्रवाह गरेको छ ।

४. महोत्सवबाट बिशेष गरी कर्णाालीमा चलचित्र पर्यटन क्षेत्रको बिकास र प्रवद्र्धन हुने कुराहरु

क.महोत्सवबाट नेपाली चलचित्रमा छायांकन स्थलको अपार सम्भावना भएको कर्णालीका भर्जिन लोकेशनबारे जानकारी पाएकोले कर्णालीमा पर्यटन बिकाससँगै चलचित्रको छायांकनमा बृद्धि विश्वास लिएकाछौं

ख.नेपाली चलचित्रको छायांकन बिशेष गरी कर्णाली क्षेत्रमा बिस्तार गर्न नसकेको अवस्थामा महोत्सवबाट नेपाली चलचित्र कर्णालीमा छायांकन बिस्तार र सम्भावनाबारे सात्क्षात्कार भएकोले कर्णालीमा नेपाली चलचित्र छायांकन हुने अपेक्षा लिएका छौं ।

ग.यो महोत्सवमा कर्णालीबासी र त्यहाँका चलचित्रकर्मीहरु बिच भेटघाट अनुभव आदानप्रदान समस्या समाधानका बिषयमा तिन तहका सरकारहरुको सहभागीतामा बिभिन्न छलफल भएकोले समेत नेपाली चलचित्र छायांकन तथा निर्माणमा सहयोग हुने गरी सन्देश प्रवाह भएको छ ।

घ.महोत्सवमा कर्णालीका मौलिक कथा, कला, रितिरिवाज, भेषभुषा, परम्परा, भाषा, संस्कृतीमाथी छलफल समेत एकाले अब आउने चलचित्रमा यहाँका कथा कला समावेश भै दर्शकले नयाँ कथा पाउन सक्ने भएका छन् ।

ड.यस महोत्सवमा बिशेष गरी कर्णाली क्षेत्रका छायांकन स्थलबारे यहाँका कथाबारे जानकारी पाएकोले त्यहाँका चलचित्रकर्मीमा उत्साह बढेको छ । यसले कर्णालीमा चलचित्रका गतिबिधि बढने आशा लिईएको छ ।

च.महोत्सवमा त्यहाँका छायांकन स्थल अग्र्यानिक कथा माथी बिचार बिमर्श भएकोले कर्णालीमा धेरै चलचित्र निर्माणका लागी जाने वातावरण बनेको छ । भने स्थानिय सरकार र प्रदेश सरकार र आमनागरीकले साथ सहयोग गर्ने प्रतिबद्धता समेत आएकोले स्थिती सहज हुने छ ।

छ.महोत्सवले कर्णालीमा चलचित्र छायांकनको संभावनाबारे चलचित्र बिकास बोर्डलाई समेत घचघच्याएकोले बिकासमा बोर्डका गतिबिधी समेत कर्णालीमा धेरै हुने आशा विश्वास जागेको छ ।

ज.त्यस क्षेत्रमा चलचित्र छायांकनका लागी जाने निर्माता र टिमलाई स्थानिय नागरिक, स्थानिय निकाय र प्रदेश सरकारबाट प्रोत्साहन दिने वातावरण बनेको छ ।

५. महोत्सवले पर्यटन ब्यवसायी बढी लाभान्वित हुने कार्य भएको छ ।

क.महोत्सवले त्यस क्षेत्रमा चलचित्र छायांकनका लागी जानेको संख्या बढने भएकाले बिशेष गरी पर्यटन ब्यवसायी र कर्णालीका ब्यवसायी र कलाकर्मी लाभान्वित हुने वातावरण यो महोत्सवबाट भएको छ ।

ख.महोत्सवबाट बिशेष गरी चलचित्रका मेकरलाई कर्णालीमा भएका अनगिन्ती लोकेशन त्यहाँका मौलिक कथा, कला, रितिरिवाज, भेषभुषा, परम्परा, भाषा संस्कृतीबारे यथेष्ट जानकारी पाएका छन् ।

ग.चलचित्रका लेखक निर्माता निर्देशक बढी लाभान्वित हुने कार्य यस महोत्सवले गरेको छ ।

घ.चलचित्र क्षेत्रका बिभिन्न जानकारीहरु कर्णालीका नागरीक÷सहभागीले राम्ररी बुझने अवसर पाएका छन् ।

ड.चलचित्र मेकरहरु कर्णालीमा चलचित्र छायांकनमा जादा लाभान्वित हुनेछन् । महोत्सवमा प्रदेश र स्थानिय सरकार सहित आमनागरीकले समेत साथ सहयोग गर्ने प्रतिबद्धता आएकोले यो अवसर प्राप्त हुनेछ ।

६. महोत्सवको काठमाडौं कार्यक्रममा सहभागी भएको संख्या ः

क. काठमाडौं ः क. पहिलो दिन ३०० जना ख. दोस्रो दिन ३०० जना

ख. सुर्खेत ः ५०० जना

ग. दैलेख गुराँस २५० जना

७. कार्यक्रम उपस्थित स्रोत ब्यतिmको अनुभव र योग्यता ः

क.कार्यक्रममा राज्यका बिशिष्ट पदाधिकारी सहित कर्णालीका दिग्गज लेखक,साहित्यकार सहित नेपाली चलचित्रका बरिष्ठ कलाकारहरु, बिशिष्टता हासिल गरेका चलचित्रकर्मी लेखक,निर्देशक,निर्माताहरु पर्यटन ब्यवसायी समेत सहभागी भई स्रोत ब्यतिmका रुपमा समेत सहभागी भै आफ्नो अनुभव र बिचार आदानप्रदान गरेकोले महोत्सव बौद्धिक स्तरको परिणाममुखी रुपमा संचालन भएको थियो ।

ख.कर्णालीका दिग्गज लेखक साहित्यकार र कथाकारबाट त्यहाँका मौलिक कथा÷कला माथी छलफल संचालन र भ्लगरहरुको समेत सहभागीताले चलचित्र निर्माणका लागी नयाँ स्थल र कथा बारे अवगत भएको थियो ।

कार्यक्रमको पृष्ठभूमि ः

पर्यटन र चलचित्र देशको कथा, कला, रितिरिवाज, भाषा, भेषभुषा, परम्परा र संस्कृतीलाई संरक्षण र प्रबद्र्धन गर्ने बलियो माध्यम हो । कर्णालीका यीनै प्राकृतिक सुन्दरता, पर्यटकिय स्थल, धार्मिक स्थल तथा सम्पदाहरुलाई संसारभर चिनाउने बलियो माध्यम नै चलचित्र हो । चलचित्र क्षेत्रलाई संरक्षण गर्नु, प्रबद्र्धन गर्नु राज्यको प्रमुख दायित्व समेत हो । राज्यका निकायसँग हातेमालो गर्दै अगाडी बढन सक्नु हामी सबैको जिम्मेवारी र कर्तब्य हो । नेपालमा चलचित्र र पर्यटनका लागी बिशेष गरी कर्णाली प्रदेश निकै सम्भावना रहेको क्षेत्र हो । कर्णालीलाई प्रचारप्रसारमा ल्याउन नसकेको कारण चलचित्र क्षेत्र, पर्यटन बिकास÷आवागमनमा निकै पछाडी परेको छ । यसको प्रचारप्रसार गरी प्रबद्र्धन गर्न जरुरी थियो । कर्णालीका अनगिन्ती कथा,जीवनशैली, भाषा, भेषभुषा, कला, संस्कृति, साहित्य, परम्परा र रितिरिवाजलाई संरक्षण र प्रबद्र्धन गर्न कर्णालीमा पहिलो पटक “कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” आयोजना भएको हो । यो महोत्सवले कर्णालीमा रहेका चलचित्र छायांकन स्थलको प्रचारप्रसार गरी यहाँको पर्यटन बिकास, सामाजिक बिकासका लागी नागरिकमा चेतनाको अभिबृद्धि, अर्थिक गतिविधि, सूचना तथा प्रबिधिको बिकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा लिएर संचालन गरेका थियौं त्यही अनुरुप लक्ष्य प्राप्तिको लागी समेत यो महोत्सव कोसेढुगा साबित भएको छ ।

कर्णालीको पर्यटकिय पृष्ठभूमि ः

कर्णाली नेपालको पुरानो सभ्यता हो । यो कर्णाली नदीसँग जोडिएको छ । कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृतिसँग समेत जोडिएको छ । जल, जमिन, जडीबुटि र पर्यटन कर्णालीका मुख्य केन्द्रबिन्दु हुन । कर्णालीका अनगिन्ती कथा,जीवनशैली, भाषा, भेषभुषा, कला, संस्कृति, साहित्य, परम्परा र रितिरिवाजलाई संरक्षण र प्रबद्र्धन गर्न जरुरी छ । कर्णाली प्रदेश देश कै एक अनुपम उपहार हो । कर्णालीमा दुःखका कथा मात्र हैन यहाँ समृद्धिका कथा र सिर्जनाका कथा पनि धेरै छन् ।

कर्णाली प्रदेशमा नेपाली भाषामा लेखिएको पहिलो दामुपालको अभिलेख, नेपाली भाषाको उद्गम थलो सिंजा छ । सुर्खेतः काक्रेबिहार, बुलबुलेताल दैलेखः महाबु, गुराँसे, मालिका, पञ्चकोसी, पञ्चदेवल, जाजरकोटः दरवार, भालु लेक पाटन, कुशेपाटन, सल्यान ःकुपिण्डे दह, खैराबाडग मन्दिर, माल्नेटा, रुकुम पश्चिमः डिग्रे मन्दिर, स्र्यापु ताल कालिकोट ःपचाल झरना, त्रिबेणी पाटन, जुम्लाः सिजा, कनकासुन्दरी दरवार, पतारासी, चन्दननाथ मन्दिर, गुठीचौर, पाताराशी हिमाल, पाण्डु गुफा, गिरीदह, रानी सैना, मुगुः रारा ताल, रारा राष्ट्रिय निकुञ्ज छायानाथ मन्दिर, माथिल्लो मुगु साहसिक पदयात्रा, हुम्लाः लिमि लाप्चा,रानी सैना, भिउदुला न्यारी क्षेत्र, नेप्का, मदना खौला, दुधे दहहरु, मानसरोवर प्रवेशद्धार, डोल्पाः त्रिपुरा सुन्दरी मन्दिर, सप्पाकुना गुफा, शेफोक्सुन्डो ताल, पुग्मो गाउँ, जग्दुल्ला ताल, धो त्राप, साल्दाड.गाउँ, कुगाउँ, हल्जी गुम्बा, उपल्लो डोल्पा, हल्जी गुम्बा प्रमुख स्थल हुन ।

आयोजकको परिचय ः

रेडचेरी मिडिया प्रालि नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं २२०१९४÷०७६÷०७७ बि.स. २०७७ मंसिर १२ गते बिधिवत दर्ता भई नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व कार्यालयमा स्थायी लेखा नं ६०९५८५५९१ रहेको तथा स्थानिय काठमाडौं महानगरपालिका वडा नं २ वडा कार्यालयमा दर्ता नं १८०९ बि.स. २०७७ पौष २४गते बिधिवत दर्ता भएर तत निकायमा नियम अनुसार हरेक बर्ष लेखापरिक्षण सहित नियमित राजश्व बुझाउदै आएको संस्था हो । यसले सरकारका बिभिन्न निकायसँग समन्वयन गरी बृतचित्र सन्देशमुलक भिडियो तथा नेपाली फिचर फिल्मको निर्माणमा समेत सहकार्य गर्दै आएको संस्था हो । यसका संचालकले कर्णालीमा पहिलो पटक ठुलो क्यानभासमा नेपाली फिल्म प्रेमगीत२ मार्फत रारा, मुर्मा गाउ जुम्ला लगायत कर्णालीका बिभिन्न स्थानमा चलचित्र छायांकन गरी त्यहाँको पर्यटन प्रबद्र्धनमा ठुलो योगदान दिएको थियो । हालै रारामा सम्पन्न रारा समिट २०८० को सह आयोजकको भूमिका समेत सफलतापूर्वक सम्पन्न गरेको छ ।

हालै “कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” २०८० लाई काठमाडौं सुर्खेत र दैलेख गरी तिन स्थानमा ४ दिन भब्य आयोजना सहित यसको राम्रो ब्यबस्थापन सहित सम्पन्न गरिएको थियो ।

कार्यक्रमका मुख्य बिषयहरु

१.महोत्सवको काठमाडौं भाग नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको प्रमुख आतिथ्यतामा बिभिन्न बिशिष्ट ब्यतिmहरुको समुपस्थितीमा सम्पन्न गरिएको थियो ।

३.महोत्सवको सुर्खेत भागमा कर्णाली प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा बिभिन्न बिशिष्ट ब्यतिmहरुको समुपस्थितीमा सम्पन्न गरिएको थियो ।

४.महोत्सवको दैलेख गुराँस भागमा नेपाल चलचित्र बिकास बोर्डका कार्यकारी अध्यक्ष सुपरस्टारको प्रमुखको प्रमुख आतिथ्यतामा बिभिन्न बिशिष्ट ब्यतिmहरुको समुपस्थितीमा सम्पन्न गरिएको थियो ।

५.कर्णालीमा छायांकन भएका फिल्म,वृत्तचित्र तथा लघु फिल्म प्रदर्शन गरी सम्पन्न भएको थियो ।

६.कर्णालीमा चलचित्र छायांकन गर्दाका समस्या यसका सम्भावना र चुनौती तथा सहकार्य माथी छलफल भएर आगामी दिनमा गर्ने सहकार्य माथी छलफल भै निचोड निकालिएको थियो ।

७.बौद्धिक बहसहरु संचालन भएका थिए । चलचित्रका कथाबस्तु चलचित्र प्रबद्र्धन चलचित्रको बजार बिस्तार बिभिन्न देशका सामाजिक तथा चेतनामूलक वृत्तचित्र समेत प्रदर्शन भएका थिए ।

८.कर्णालीका भर्जिन लोकेशन, मौलिक कथा चलचित्र लेखन, निर्माण÷निर्देशन÷प्राबिधिक बिषयमाथी गम्भिर छलफल भएको थियो ।

महोत्सवमा सहभागी हुने बिशेष ब्यति

क. चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड, चलचित्र क्षेत्र कला साहित्य र संस्कृती क्षेत्रका बिज्ञ प्रतिनिधी

ख. चर्चित कलाकार,चलचित्रका लेखक ÷निर्देशक÷निर्माता÷प्राबिधिक

ग. कर्णाली प्रदेशका सांसदहरु, प्रदेश सरकार र स्थानिय पालिकाका प्रतिनिधी तथा कलाकर्मी

संरक्षक ः मुख्यमन्त्री, कर्णाली प्रदेश सरकार

सल्लाहकार श्री भुवन केसी नेपाल कार्यकारी अध्यक्ष चलचित्र बिकास बोर्ड

डा.महेन्द्र कुमार मल्ल पूर्व रजिष्ट्रार मध्यपश्चिम विश्वबिद्यालय सुर्खेत

श्री शिव श्रेष्ठ वरिष्ठ अभिनेता

संचालक बोर्ड ः काठमाडौं कार्यक्रम ब्यबस्थापन समिति

कार्यक्रम निर्देशक चक्र बहादुर चन्द कार्यक्रमको पूर्ण जिम्मेवारी

संयोजक निर्मल पौडेल लघुफिल्म ब्यबस्थापन प्रर्दशनको जिम्मेवारी

आयोजक सदस्य ः रज्जु प्रधान स्वागत,ब्याच तथा अतिथी स्वागत सत्कार ब्यवस्थापन

आयोजक सदस्य ः बिनिता शाही आर्थिक ब्यबस्थापन

आयोजक सदस्य ः टिका ढकाल प्रमाणपत्र,उपहार मायाको चिनो ब्यवस्थापन

आयोजक सदस्य ः रबि हमाल जलपान तथा सरसफाई ब्यवस्थापन

आयोजक सदस्य ः निलम चन्द कार्यक्रम संचालन

आयोजक सदस्य ः ललित बिष्ट फिल्म प्रर्दशन तथा साउण्ड सिस्टम ब्यवस्थापन

आयोजक सदस्य ः सपना शाही कर्णाली देउडा ब्यबस्थापन

आयोजक सदस्य ः बिनोद शाही ठुकरी यूवा परिचालन

आयोजक सदस्य ः गोकर्ण कठायत हल तथाा सिट ब्यबस्थापन

आयोजक सदस्य ः हिक्मत शाही स्वयंसेवक परिचालन

आयोजक सदस्य ः निम्मु चन्द कलाकार स्वागत

आयोजक सदस्य ः संगिता थापा दर्ता ब्यवस्थापन

कर्णाली प्रदेश कार्यक्रम संचालक बोर्ड, सुर्खेत

सह संयोजक ः श्री हिक्मत चन्द

स्थानिय ब्यबस्थापन संयोजकः ः श्री गोपालराज बिसी

आर्थिक व्यवस्थापन ः श्री धिरेन चन्द ठकुरी

हल तथा कार्यक्रम ः श्री राजेन्द्र मल्ल

जनसम्र्पक तथा सांस्कृतिक कार्यक्रम ः ः श्री यशोधा केसी

आवास तथा कार्यक्रम स्थल ः ः श्री जनकसिंह ठकुरी

स्वागत तथा अतिथि सत्कार ः ः श्री श्रृजना शाही

प्राथमिक उपचार ः ः श्री निराजन ढकाल

दर्ता ब्यबस्थापन ः ः श्री प्रतिमा मल्ल

स्वयमं सेवक तथा सुरक्षा ब्यबस्थापन ः श्री निराजन मल्ल

महोत्सवको प्रचार÷प्रसार बिधि ः

क. महोत्सवको तिथि मिती र उद्देश्य बारे लिड डिजिटल माध्ययमबाट देशका प्रमुख शहरमा तथा आमसंचार

माध्यम, सामाजिक सञ्जालवाट ब्यापक प्रचारप्रसार गरिएको थियो ।

ख. महोत्सवको अगाडि देखि प्रोमो र सुचनामुलक जानकारीलाई अभियन्ता कलाकारबाट, बिभिन्न टेलिभिजन,

रेडियो, सामाजिक संजालमा ब्यापक प्रचार प्रसार गरिएको थियो ।

ग. महोत्सवलाई स्थानिय रेडियो, बिभिन्न अनलाईन मिडिया पत्रिका सहित बभिन्न सामाजिक सञ्जाल ग्र्पहरुवाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

घ. बिभिन्न सामाजिक संजालहरुबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

ड. महोत्सबको नयाँ पत्रिका राष्ट्रिय दैनिको पहिलो पृष्ठमा जानकारीमूलक सामाग्री राखी प्रचार गरिएको थियो

च. बिभिन्न मिडियामा अन्र्तरवार्ताका माध्ययमबाट समेत प्रचारप्रसार गरिएको थियो ।

सहभागिता ः

क. कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले कर्णालीमा चलचित्र र पर्यटनसँग जोडेर बिशेष गरी त्यस क्षेत्रका जनप्रतिनिधी, चलचित्रकर्मी, साहित्यकार, पत्रकार, बुद्धिजिवि, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी र आमनागरिकलाई जिम्मेवारी बोध गराउन र देशबिदेशमा कर्णालीबारे जानकारी दिन महोत्सवको प्रमुख भूमिका रहेको थियो ।

ख. प्रत्यक्ष रुपमा १३ जनाको सहभागीता रहेको थियो भने बिभिन्न आमसञ्चारका माध्यम एवं सामाजिक

संजाल बिभिन्न डिजिटल माध्यमबाट देश तथा विदेशमा करिब १५ लाखले महोत्सवबारे जानकारी पाएका छन्

ग. कर्णाली चलचित्र महोत्सवले यस क्षेत्रका आमनागरिक, कलाकार, निर्देशक, लेखक, चलचित्रकर्मी, विद्यार्थी,चलचित्रका संघ÷संस्थाहरु र प्राबिधिक तथा यस क्षेत्रका स्थानिय जनप्रतिनिधी सबैले नेपाली चलचित्रबारे बिभिन्न जानकारीसँगै यस क्षेत्रमा नेपाली चलचित्रको बिकास र बिस्तारको ढोका खोल्ने कार्य गरेको छ ।

घ. कर्णालीका मौलिक कथा, कला, रितिरिवाज, भेषभुषा, परम्परा, भाषासंस्कृती र ऐतिहासिक, पर्यटकिय र धार्मिकस्थलहरुको प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याउने कार्य गरेको छ ।

ड. तिनै तहका सरकारलाई नेपाली चलचित्रबारे जानकारी गर्नुपर्ने दायित्व र आगामी दिनमा के नगरीकन हुदैन भन्ने बारे ब्यापक छलफल गरी चलचित्र र पर्यटन बिकासमा योगदान दिन महत्वपूर्ण दस्ताबेज तय भएको छ ।

कार्यक्रमको उपलब्धि र निश्कर्ष ः

“नेपाल घुमौ नेपाल चिनौं” भन्ने नेपाल सरकारको नारालाई प्रभावकारी बनाउन कर्णालीमा आयोजना हुने “कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” ले यहाँका मौलिक कथा, कला, रितिरिवाज, भेषभुषा, परम्परा, भाषासंस्कृती र ऐतिहासिक, पर्यटकिय र धार्मिक स्थलहरुको प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याउने कार्य गरेको छ । यस महोत्सवले कर्णालीका यूवा महिला तथा कलाकारलाई प्रोत्साहन गरेको छ । महोत्सवमा कर्णाली र बाहिरका चलचित्रकर्मीका लागी प्रोत्साहनमूलक एक स्मरणीय र प्रभावकारी कार्यक्रम भएको थियो । यस क्षेत्रको मात्र नभई नेपालको विविध संस्कृति, भाषा, जिवनशैली, सुन्दर प्रकृतिक स्थलहरु यहाँका समस्या स्थानिय सरकारसँगको सहकार्य समन्वय गर्ने कार्यलाई महोत्सवले योगदान दिएको छ । यस क्षेत्रमा चलचित्र र पर्यटन बिकास योगदान दिन चलचित्र छायांकनको लागी आव्हानका साथै अन्तराष्ट्रिय चलचित्रकर्मीलाई सन्देश दिने गरी यो महोत्सव आयोजना भएको थियो । महोत्सव कर्णालीमा चलचित्र पर्यटन बिकासमा कोसेढुङ्गा साबित भएकोछ ।

चक्र बहादुर चन्द

महोत्सव निर्देशक

सम्पर्कका लागि ः कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०

फोन नं.ः ९८५१०८५५८४÷९८४८००५०००

ई–मेल karnalifilmfestival@gmail.com

A campaign is being run to connect Karnali province with the federal capital via words, visuals, images and products. The campaign called Connecting Karnali is being led by the Mangahri Foundation. According to organizer Bharat Bandhu Thapa, who has also conceptualised Connecting Karni, the campaign will run for 10 months. The second district included in the campaign was Dolpa, which is wealthy in art, culture and heritage. The campaign was concluded by popular and senior actor Karishma Manandhar, who said Karnali is a region with a lot of potential. Social activist and film producer Chakra Bahadur Chand was also present. Chand has been arranging the Karnali International Film Festival every year.