Category Blog (Katha Yestopani)

थाई एयरसँगै यात्रा शुरू भएको शाही नेपाल वायुसेवालाई राजनीतिक तहबाट २०४६ सालपछि ध्वस्त पार्ने खेलको सुरुआत भएको थियो ! राष्ट्रिय ध्वजावाहक निगम झन यतिबेला आफ्नो ऋण तिर्न नसकी विघटनको संघारमा पुगेको बुझियको छ ! १२ वटा जहाजमध्ये आन्तरिकतर्फ अहिले एउटाले पनि उड़ान भरेको छैन ! अन्तर्राष्ट्रियमा तीनवटा जहाजले संचालनमा भएपनी उडान तालिका यति भद्रगोल छ की यात्रुले दिनहु नारा जुलूस गर्नुपर्ने र ठाउँ ठाउँका तालिका रद्द भएर आफनो छबी झनझन गिराईरहेको छ ।
अर्को ओरालो यात्रा तत्कालीन प्रम. प्रचण्डका पालामा निगमलाई जबर्जस्ती भिडाएका ६ वटा चिनियाँ जहाज थन्क्याइएपछि निगम पत्तासाफको बाटो (ओरालो यात्रा) मा पुग्यो। मेड़ इन चाइना आज छ भोली छैन भने झै तिनै चिनियाँ जहाज बर्ष २०१८ देखि उडानमा छैनन ! विमानस्थलमा थन्क्याइएको मात्र छैन जहाजको बिमा र पार्किङ शुल्क प्रत्येक वर्ष २०-२२ करोडौ तिर्दै आएको छ। पदाधिकारी सेवा सुबिधा भत्ताको हिसाब भने त्यही रफ्तारमा छ ! जय नेपाल

धर्तिकी अप्सरा रारा
नेपालको महत्वपूर्ण पर्यटकिय स्थल मध्य राराताल प्रमुख हो । मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यहाँ स्वदेशी तथा विदेशी पर्यटक घुम्ने आउने आर्कषक थलोमध्ये एक हो । “मिलीचौर, सल्लेरी, ताल्चा लगायत गाउँमा समेत पर्यटकको घुइँचो लाग्ने गर्छ ।

नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुग्न सकिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियालीमा कस्तुरी, रतुवा जस्ता बन्यजन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत पाउने भएकोले यसको सौन्दर्यता थप बढेको छ । यसको वरिपरि रहेको राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । राराताल हरेक कुरामा यसको आफनै बिशेषता छ । राराताल दिनमा आफ्नो रुप फेरिरहन्छ । राराताल जेष्ठ देखि आश्विन महिनासम्म विभिन्न फुलहरूले सजिने भएकोले यसको नाम स्वर्गकी अप्सरा पनि भन्ने कथन छ । रारातालको अर्को विशेषता यो तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ। रारातालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको अवलोकन समेत गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देख्न सकिन्छ । यो तालको नामकरण राजा महेन्द्रले बि.स. २०२० सालमा यहाँ भ्रमण गरेपछि पहिला रारा दह भनेर चिनिंदै आएको ताललाई महेन्द्र ताल राखेका थिए ।

ग्रीष्म ऋतुमा रारा ताल निकै सुन्दर हुन्छ यो समयमा निकै जाडो हुने गर्छ । यहाँ आउनको लागी सबैभन्दा राम्रो समय भने सेप्टेम्बर, अक्टोबर र अप्रिलदेखि मेसम्म उपयुत हुन्छ। डिसेम्बरदेखि मार्चसम्म भने तापमान पनि माईनसमा झर्छ।

 

 

 

 

 

 

 

 

 

 

तस्वीर : चक्र बहादुर चन्द , मिति: २०८० जेठ ३२ गते