दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८१
Karnali International Film Festival-2081 KIFF

प्रेस विज्ञप्ति

नेपाली चलचित्रको प्रबद्र्धन र बिकाससँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्न नेपालको कर्णाली क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाई शहरदेखी गाउँसम्म चलचित्र र पर्यटन जोड्न बिबिध गतिविधी संचालन गर्ने उद्देश्य राखी यो महोत्सव आयोजना गर्न लागिएको छ । कर्णाली प्रचुर सम्भावना भएता पनि त्यहाँ पर्यटन विकास र चलचित्रसँग सम्बन्धित गतिबिधिहरु प्राय शून्य नै छन् । कर्णालीका अनगिन्ती कथा,जीवनशैली, भाषा, भेषभुषा, कला, संस्कृति, साहित्य, परम्परा र रितिरिवाजलाई संरक्षण र प्रबद्र्धनका लागि राज्यको भूमिका प्राय शुन्य रहेको स्थितीलाई मध्यनजर गर्दै जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र भन्ने अभियानका साथ गतबर्षदेखी कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मार्फत गन्तव्य कर्णाली अभियानको थालनी गरिएको छ । गतबर्ष मिति २०८० फाल्गुन १८–१९ गते तदनुसार १–२ मार्र्च २०२४ दुईदिन काठमाडौंमा, मिति २०८० चैत्र १७ गते तदनुसार ३० मार्च २०२४ का दिन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा र मिति २०८० चैत्र १८ गते तदनुसार ३१ मार्च २०२४ का दिन दैलेखमा महोत्सव आयोजना गरिएको थियो ।
कर्णालीमा भएका सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन यो महोत्सवको मुख्य लक्ष्य रहेको छ । राज्यका निकायसँग हातेमालो गर्दै यो महोत्सवलाई लक्ष्य उद्देश्य अनुरुपै परिणाममुखी बनाइने छ । कर्णालीमा रहेका पर्यटकीय स्थल, धार्मिक स्थल, चलचित्रका छायाङ्कन स्थल त्यहाँका अनगिन्ती कथा, कला, रीतिरिवाज, भेषभुषा, परम्परा र भाषा–संस्कृतिलाई देशविदेशमा धेरैभन्दा धेरै चलचित्र निर्माता, निर्देशक यससँग सम्बन्धित व्यतिm संघसंस्था माझ पुर्याउने गरी यसको प्रचारप्रसार गर्नुपनि महोत्सवको प्रमुख उद्देश्य रहेको छ । चलचित्र मार्फत पर्यटन र जलवायू परिर्वतनको सन्देशलाई प्रबद्र्धन र प्रवाह गर्ने चलचित्रलाई बिशेष सम्मान र प्रोत्साहित गर्नु यो महोत्सवको अर्को महत्वपूर्ण योगदान रहने छ ।
कर्णालीमा चलचित्र निर्माताहरुलाई भित्रयाउन तथा आन्तरिक तथा बाह्रय पर्यटनको प्रबद्र्धन गर्न यो महोत्सवको महत्वपूर्ण योगदान रहनेछ । यसले चलचित्र पर्यटन माफर्त कर्णालीको मात्र नभई समग्र देशको अर्थतन्त्रमा योगदान समेत दिनेछ । महोत्सवलाई सफल बनाउन चलचित्र र पर्यटन सम्बन्धित बिबिध कार्यक्रम संचालन गरी संघिय सरकार, कर्णाली प्रदेश सरकार, स्थानिय तहसँगको समन्वयमा राज्यका सम्बन्धित निकाय, चलचित्रसँग सम्बन्धित निकाय, व्यापारिक संस्था आम नागरिक र संचारकर्मीबाट सहयोग प्राप्त हुने आशा लिएका छौं । यो महोत्सवले कर्णालीमा रहेका चलचित्र छायाङ्कन स्थलको प्रचारप्रसार यहाँका कला, संस्कृती र कथाको प्रबद्र्धनका साथै यहाँको पर्यटन विकास, सामाजिक विकास आदिका लागी नागरिकमा चेतनाको अविबृद्धि, आर्थिक गतिविधि, सूचना तथा प्रविधिको विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा लिएका छौं । कर्णालीलाई चलचित्र पर्यटन तथा चलचित्र छायाङ्कन हब बनाउन यस क्षेत्रका सम्भावित स्थलहरुको खोज अनुसन्धान तथा प्रचारप्रसार गरी देश तथा विदेशमा यसको पहुँच पुर्याई यस क्षेत्रमा धेरैभन्दा धेरै चलचित्र छायाङ्कन गर्न आउने स्थिति निर्माण गर्न यो महोत्सवले ठुलो योगदान दिनेछ । योसँगै बिभिन्न बौद्धिक बहस छलफलहरु समेत आयोजना गरिने छ । भने जलवायू परिवर्तनको सन्देशलाई संसारभर पुर्याउने लक्ष्यका साथ महोत्सव आयोजना हुनेछ । महोत्सवलाई सम्पूर्ण क्षेत्रबाट साथ सहयोग रहने अपेक्षा लिएका छौं ।

लक्ष्यः
१. कर्णालीमा नेपाली चलचित्रको प्रबद्र्धनसँगै पर्यटन बिकासमा योगदान दिन यो महोत्सव आयोजना हुनेछ ।
२. कर्णालीका अनगिन्ती कथा,जीवनशैली,भाषा,भेषभुषा,कला,संस्कृति,साहित्य र रितिरिवाजको प्रवद्र्धन हुनेछ ।
३. नेपाली चलचित्रको माध्यमबाट सामाजिक, आर्थिक, शैक्षिक तथा चेतना स्तर वृद्धि हुनेछ ।
४. पर्यटन तथा नेपाली चलचित्र मार्फत स्थानिय रोजगारी, आयआर्जन र करको दायरा वृद्धि हुनेछ ।
५. कर्णालीलाई चलचित्र पर्यटन मार्फत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पहुँच पुग्नेछ ।
६. गाँऊ गाँऊमा नेपाली चलचित्रको अभियान थालनी हुनेछ ।

उद्देश्य : कर्णालीमा चलचित्र पर्यटन मार्फत सम्भावनाको खोज÷अनुसन्धान गर्ने ।
१. नेपाली चलचित्रबारे कर्णालीका आमनागरीकसँग सात्क्षात्कार गर्नु ।
२. स्थानिय चलचित्रकर्मीहरुलाई सम्मान, अनुभव आदानप्रदान भेटघाट र भावी रणनिती तय गर्नु ।
३. मौलिक कथा, पर्यटकीय तथा धार्मिक स्थलको प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याउनु ।
४. नेपाली चलचित्रलाई प्रबद्र्धन गर्न यस क्षेत्रसँग सम्बन्धितलाई हौसला र प्रोत्साहन गर्नु ।
५. कर्णालीमा बढीभन्दा बढी चलचित्र छायांकनका लागी आउने वातावरण निर्माण गर्नु ।
६. स्तरिय चलचित्र निर्माण गर्न प्रोत्साहन गर्ने र नेपाली चलचित्रको बिकास गर्न योगदान गर्नु ।
७. छायांकनमा जाने चलचित्रलाई स्थानिय सरकार र प्रदेश सरकारबाट प्रोत्साहन गर्न सहजीकरण गर्नु ।
८. समय अनुकुल कलाकार, निर्माता, निर्देशक, लेखक तथा प्राबिधिक ज्ञान, सिप र क्षमताको अभिवृद्धि गर्नु ।
९. नेपाली चलचित्र क्षेत्रका चुनौती र भावी रणनिती माथी छलफल गरी निस्कर्ष निकाल्नु ।
१०. चलचित्र पर्यटन र जलवायू परिवर्तनको सन्देशलाई जनजनमा पु¥याउनु ।

कार्यक्रमको उपलब्धि र निश्कर्ष :
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र सामाजिक मुद्दाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने एक महत्वपूर्ण प्लेटफर्म प्रदान गर्नेछ । यस महोत्सवले कर्णालीलाई चलचित्र पर्यटनको नयाँ गन्तव्यको रूपमा स्थापित गर्ने मात्र नभई जलवायु परिवर्तनको संवेदनशीलता र समाधानबारे जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्नेछ । स्थानीय कलाकार, चलचित्र निर्माता र प्रतिभाहरूलाई अवसर प्रदान गर्दै, यो महोत्सवले कर्णालीको सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई प्रवर्द्धन गर्नेछ । साथै व्यापारिक अवसरहरू, चलचित्र बजार विस्तार, र पर्यटन व्यवसायको प्रवर्द्धनमा ठोस योगदान दिनेछ । महोत्सवको सफलताको लागि सरकारी, गैरसरकारी, व्यापारिक क्षेत्र, र स्थानीय समुदायको सक्रिय सहभागिता अनिवार्य हुनेछ जसले कर्णालीको समग्र विकासमा दीर्घकालीन प्रभाव पार्नेछ ।
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव समुदघाटन तथा चलचित्र पर्यटन सम्बाद २०८१ सुर्खेत
मिति : २०८१ फाल्गुण २४ गते ( ८ मार्च २०२५)
स्थान :

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायू अवार्ड समारोह
मिति :२०८१ चैत्र १६ गते ( २९ मार्च २०२५)
स्थान :नेपाल पर्यटन बोर्ड काठमाडौं

रारा चलचित्र पर्यटन तथा जलवायू परिवर्तन समिट २०८१
(सम्भावना र यसका चुनौती)
मिति :२०८१ चैत्र ३० गते ( १२ अप्रिल २०२५)
स्थान:राराताल प्राङ्गण मुगु कर्णाली

चक्र बहादुर चन्द महोत्सव निर्देशक « फोन नं.: ९८५१०८५५८४
ई–मेल : karnalifilmfestival@gmail.com

 

पत्रकार सम्मेलन सम्पन्न ।                    मिति २०८१ मंशीर २३ गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौं

नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ । रेड चेरी मिडियाले आयोजना गर्ने यो महोत्सवले “घुमौँ कर्णाली, हेरौँ कर्णाली” भन्ने नारालाई मूर्त रूप दिने प्रयास गर्दै कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउने लक्ष्य लिएको छ ।

महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार यो महोत्सवले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने महत्त्वाकाङ्क्षी योजना बनाएको छ। यसपटक महोत्सवले जलवायु परिवर्तनका मुद्दाहरूलाई समेत प्राथमिकतामा राख्दै ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ आयोजना गर्ने घोषणा गरेको छ । महोत्सवका कार्यक्रमहरूमा चलचित्र प्रदर्शन, कार्यशाला, अन्तरक्रिया, र अवार्ड समारोह जस्ता विविध गतिविधि समेटिएका छन् ।

चलचित्र अभिनेता प्रदिप खड्का र अभिनेत्री सुरक्षा पन्तलाई महोत्सवका सद्भावना दूतका रूपमा नियुक्त गरिएको छ । खड्काले महोत्सवले चलचित्रलाई पर्यटन प्रवर्द्धनको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । आफ्नो चलचित्र ‘प्रेम गीत २’ को छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णालीको पर्यटनमा चलचित्रले पुर्‍याएको प्रभावको चर्चा गरे ।

अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नै सम्बन्धलाई चलचित्र ‘बुलाकी’ मार्फत अनुभव गरेको बताइन् । उनले महोत्सवले कर्णालीको कथालाई अझ उजागर गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन् । पन्तले कर्णालीको जीवनका थप कथाहरूमा अभिनय गर्न चाहेको बताउँदै महोत्सवको सुरुवातले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कर्णालीलाई चिनाउने प्रयासलाई बलियो बनाउने धारणा राखिन् ।

दोस्रो संस्करणको महोत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फागुन २४ गते औपचारिक रूपमा उद्घाटन हुनेछ । चैत्र १६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ भने चैत्र ३० गते मुगुको रारा ताल प्राङ्गणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुनेछ ।

चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड लगायत विभिन्न सरकारी र गैरसरकारी निकायहरूको सहकार्यले महोत्सवलाई थप बलियो बनाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई चलचित्र पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने अपेक्षा राखे ।

नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर रोहिणी प्रसाद खनालले राज्यले चलचित्र पर्यटन प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्थाहरू गरिरहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणाले निजी क्षेत्रले चलचित्र र पर्यटनलाई सधैँ सघाउँदै आएको उल्लेख गरिन् । अभिनेता शिव श्रेष्ठले हामीले टाढा सम्झेको कर्णालीलाई यो महोत्सवले नजिक बनाएको बताए ।

महोत्सवले जलवायु परिवर्तन जस्तो ग्लोबल समस्यालाई कर्णालीको सन्दर्भमा उठान गरेको छ । महोत्सवले जलवायु संरक्षणका लागि चलचित्र क्षेत्रमार्फत जनचेतना फैलाउने महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशन समाचारका लिकहरु

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदिप र सुरक्षा « THULOPARDA.COM: Entertainment News Portal From Nepal

‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ फागुनमा, सद्भावना दूत बने प्रदीप र सुरक्षा :: सेतोपाटी कला :: Setopati

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदीप खड्का र सुरक्षा पन्त

कर्णाली चलचित्र महोत्सव फागुन २४ देखि – Online Khabar

Pradeep and Suraksha Appointed as Ambassadors for Karnali International Film Festival | Celebrity Nepal

‘कर्णाली चलचित्र महोत्सव’को सद्भावना दूत बने प्रदीप र सुरक्षा

Pradeep and Surakshya, goodwill ambassadors of KIFF

 

फागुन २४ गतेदेखि ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने | Nepal’s first 24-hour updated news portal – Ratopati

फागुन २४ गते सुर्खेतमा ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को आयोजना हुने « THE CINEMA TIMES

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदीप र सुरक्षा  – बाह्रखरी :: Baahrakhari

फागुन २४ गतेदेखि ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने

दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ फागुनमा हुने

‘दोस्रो अन्तरराष्ट्रिय कर्णाली महोत्सव’को सद्भावना दुतमा प्रदीप र सुरक्षा Mero film

फागुन २४ गतेबाट ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ | Nepal Khabar

फागुन अन्तिमसाता दोस्रो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव – Himalaya Times

फागुन २४ देखि कर्णाली चलचित्र महोत्सव- मनोरञ्जन – कान्तिपुर समाचार

‘किफ’ को दोस्रो संस्करण फागुन २४ देखि – Himal Press

फागुन २४ गतेबाट ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ | Nepal Khabar

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन २४ गतेदेखि हुँदै | Ajako Aartha | Nepal’s No. 1 Business News Portal

 

बाग्मती सफाई अभियानका ६००औं हप्ता उपलब्धी चुनौती

बि.स.२०७० साल तिरको बाग्मती र आजको बाग्मतीलाई नियाल्दा निकै फरक पाउन सकिन्छ । त्यो बेला नदीमा फोहोरका पहाड थिए त्यही फोहर माथी टेकेर नदी वारपार गर्न सकिन्थ्यो तर त्यो स्थितीबाट वाग्मती नदीले अहिले नयाँ जीवन पाएको छ । यो पढदै गर्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर यथार्थ यही नै हो । १२ बर्षदेखी नागरिक स्तरबाट कोशिस भैरहेको यो महाअभियानका कारण धेरै परिवर्तन भएका छन् । सायद यो कोशिस नभएको भए आज काठमाडौंको स्थिती कस्तो भयाभव हुन्थ्यो कल्पना गर्नुहोस् त ॽ त्यो भयाभव स्थिती हेर्दा आज बाग्मती किनारका ति पार्कहरु, सडक करिडोर, हरियाली वातावरण यो ठुलो उपलब्धी हो । तर राज्यले जुन रुपमा बजेट खर्च गरेको छ परिणाम भने अझै आएको छैन खै ढलमुत नदी ॽ यो प्रश्नले हामीलाई गम्भिर तुल्याएको छ । बाग्मती सफाई महाअभियान आज ६०० औं हप्ता पूरा भएको छ ।

वि.सं. २०७० जेठ ५ गते नागरिक स्तरबाट “राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा” भन्ने मुल नाराका साथ शुरु भएको यो महाअभियानले थुप्रै आरोह अवरोह बोकेको छ । सामाजिक कार्यका लागी एस ट्राभल्सले सौजन्य गरी बि.स. २०७० जेठ ४ गते शनिवार नेपाल बिज्ञापन संघ र नेपाल चलचित्र कलाकार संघले दशरथ रंगशालामा भकुण्डो भिडन्त गर्दै त्यसको भोली पल्टबाट शुरु भएको यो अभियानमा एस ट्राभल्सको अतुलनिय योगदान रहेको छ । यो अभियान यहाँसम्म आउन पछि गएर बिभिन्न सामाजिक संस्थाहरु आम नागरिकहरु जोडिएर अभियानबाट महाअभियानमा परिणत हुन पुगेको हो । यो अभियान स्वयंमसेवी रुपमा एकैदिन, एकै समय निरन्तर सञ्चालनमा रहेको सबैभन्दा ठुलो र लामो स्वयंसेवी स्वाभिमानी महाअभियान हो । यो महाअभियान महाभुकम्प, नाकाबन्दी, लकडाउन, दशै तिहार,जाडो गर्मी या अन्य महत्वपूर्ण चाडपर्वमा समेत निरन्तर सञ्चालनमा रहदै आएको छ ।

यो अभियानको अर्को महत्वपूर्ण पाटो यसमा कुनै आर्थिक कारोबार हुदैन कुनै प्रकारको चन्दा सहयोग लिईदैन । यसको कुनै समिति समेत छैन र कुनै बैक खाता पनि छैन । नेपाल सरकारको आधिकारिक काम गर्ने निकाय अधिकार सम्पन्न वाग्मती एकीकृत बिकास आयोजनाले गर्ने आर्थिक कारोवारसँग यो महाअभियानको कुनै प्रकारको सम्बन्ध रहदैन । त्यो आयोजनाले गर्ने पूर्वाधार निर्माण तथा अन्य खर्च संचालन गर्ने योजना परियोजनासँग महाअभियानको कुनै पनि सम्बन्ध छैन । तर हामी खबरदारी सल्लाह सुझाब भने दिने गछौं । किन ढल ब्यबस्थापन हुन सकेन किन नदिमा सफा पानी बग्न सकेन भनेर १२ बर्षदेखी राज्यका निकायसँग हाम्रो लडाँई र खबरदारी जारी नै छ । सरकारी काम कहिले जाला घाम भने झै आयोजनाले ठोस गति लिन सकेको छैन तथापी कामै नभएको भने हैन केही राम्रा कामहरु भएका छन् । तर कामले तिब्रता पाएका छैन । नदीको प्राकृतिक बहाबलाई साँघुरो बनाएर नदीलाई नहर बनाउने गलत कार्य भयो । जसको हामीले पटकौ पटक सुझाब प्रतिबाद गर्दा पनि सुनुवाई भएको छैन । जबसम्म नदी सफा हुदैन ढलमुत हुदैन तबसम्म हाम्रो खबरदारी जारी रहने छ ।

यो महाअभियानमा नागरिक स्तरबाट हालसम्म करिब १५लाख भन्दा बढीको सहभागीता भैसकेको छ । यो अभियानमा नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरीको ठुलो साथ सहयोग र योगदान रहदै आएको छ । यो अभियानमा हजारौं संस्थाहरुले संस्थागत सहभागीता जनाई सक्नु भएको छ । नेपाल टेलिकमले भने शुरुवाती दिनदेखी सफाई सामाग्रीहरु सहयोग गर्दै आएको छ । अभियानमा बिभिन्न संघसंस्थाहरुले पनि सफाई सामाग्रीहरु सहयोग गर्दै आउनु भएको छ ।

यही अभियानको प्रेरणा, सहयोग र सहभागितामा उपत्यकाका वाग्मती नदी र यसका सहायक नदीहरु क्रमशः विष्णुमती, रुद्रमती, ईच्छुमती, हनुमन्ते, मनोहरा, गोदावरी, नख्खु, कोडकु तथा वाग्मतीको माथिल्लो भाग एवं विष्णुमतीको माथिल्लो भाग, तिलगंगा, आलोकनगर, सुन्दरीघाट, वाग्मती फोहोर उन्मूलन समाज,चक्रपथको पश्चिम, उत्तर र दक्षिण भाग लगाएत बिसौ स्थानमा सरसफाई अभियान संचालनमा छन । यही अभियानको प्रेरणाबाट काठमाडौं उपत्यका बाहिर देशैभरी १०० भन्दा बढी स्थानमा सरसफाइ अभियान सञ्चालनमा छन । पूर्वको मेची देखी सुदुरपश्चिमको महाकाली हुदै कर्णालीको सुर्खेत दैलेख देखी जुम्लासम्म मेचीमहाकाली सफाइ अभियान समेत संचालनमा छ । वाग्मती नदी तथा उपत्यकाका सहायक नदीहरु, सार्वजनिक स्थल, मठमन्दिर, शहर,टोल, घरआँगन सफाई अभियान संचालनसँगै जनचेतना जगाउदै आएकाछौ । अभियन्ताहरुको अग्रसरतामा फोहोरको श्रोत मै वर्गीकरण गर्न, कौसीखेती शुरु गर्न, कुहिने फोहोरबाट वायो कम्पोष्टिङ र वायोग्याँस उत्पादन गर्न उत्प्रेरणा दिने सहजिकरण गर्ने कार्य समेत गरिएको छ ।

वाग्मती लगाएत काठमाडौं उपत्यकाका अन्य सहायक नदीहरुबाट हालसम्म करिब २१ हजार मेट्रिकटन भन्दाबढी फोहोर संकलन गरी ब्यबस्थापन गरिएको छ । नदी किनारमा ६ हजार पाँच सयभन्दा बढी बिभिन्न प्रजातिका बिरुवाहरु रोपेर हुर्किएका छन । रोपिएका बिरुवालाई रेखदेख समेत गर्ने गरेका कारण बिरुवाहरु हुर्केका छन । बिरुवाहरु बढेर गर्मीको समयमा नागरीकहरुले शितल छहारीमा बस्ने समेत गरेका परिदृष्य बाग्मती किनारामा हेर्न सकिन्छ । अभियन्ताहरुले बृक्षारोपण कार्यलाई निरन्तरता दिएकै कारण बाग्मती नदी किनारामा बृक्षारोपण कार्यले गति लिएका कारण अहिले रुद्राक्ष, बरपिपल, अम्बा, आरु, कपुर, अशोका, ओखर, साकुरा, स्याउ, सुन्तला, निम, समी, अम्बा, गुलाब लगाएत बिभिन्न जातका बिरुवाहरु हुर्केका छन् । यसले गर्दापनि बाग्मती नदी किनारहरुमा नागरिकमैत्री बन्दै गएका छन । यो अभियानको दबाब र अगुवाईमा अतिक्रमित नदी किनाराका सार्वजनिक केही जग्गालाई सरकारका नाममा फिर्ता ल्याउन सकेत सकिएको छ । अभियानको प्रभाव र सक्रियतामा विभिन्न संघसंस्था तथा निकायहरुले सामाजिक उत्तरदायित्व अन्तरर्गत नदी किनारामा पुरातात्विक स्थलको संरक्षण तथा तिन दर्जन बढी पार्कहरु निर्माण भएका छन । जसको कारण बाग्मती नदी किनाराहरु वातावरणमैत्री बन्दै गएका छन् । अभियन्ताहरुले आफ्नो जन्मदिन बाग्मती नदी किनारमा बृक्षारोपण गरी मनाउने परम्पराको बिकास समेत भएको छ ।

काठमाण्डौंबासीले बाग्मती नदीमा ३०औं बर्षदेखी फोहोर थुपार्दै डम्पीड.साईड बनाएको नदीमा अहिले यस्ता थुप्रै परिवर्तनका कारण संकेत र आशाका किरणहरु पलाएको स्थानियबासी र नागरिक समाजले बताउदै आउनु भएको छ । नागरीकमा पनि चेतनाको अभिबृद्धि भई पहिला फोहोर सोझै वाग्मतीमा फाल्नेहरु अहिले सचेत भएका छन । पहिला हरेक हप्ताको अभियानबाट ५०औं  टन फोहर निस्कने गर्दथ्यो तर हालका दिनमा नदी तथा किनाराबाट मुस्किलले २÷३ टन फोहर मात्र निस्कने गरेको छ । यो ठुलो परिवर्तन हो भन्ने लाग्दछ । तरपनि नागरिकहरुले यतिका बर्ष अभियान सञ्चालन हुदापनि खै त नदी सफा भएको ॽ भन्नेको संख्या अझै पनि उल्लेखनिय छ । आफ्नो घरआँगन मात्र सफा भए पुग्छ भन्ने मानसिकताका कारण घरको फोहोरलाई लुकिछिपी नदी किनारामा फाल्ने कार्य अहिले पनि नरोकिएको कारण अभियानले सार्थकता पाउन सकेको छैन । लुकिछिपी फोहोर फाल्ने अचेत नागरीकलाई कडा कार्बाहीको अभियान थाल्नुपर्छ भनी स्थानिय सरकारसँग अभियन्ताबाट माग गरिरहेका छौं । महानगरपालिकाको अगुवाईमा जथाभावी फोहोर फाल्नेलाई दण्ड जरिवाना गर्ने कार्य समेत गरिएको छ तथापी जति कार्बाही हुनुपर्ने त्यो हुन सकेको छैन । यसमा स्थानिय तह भने बढी अग्रसर हुनुपर्छ भन्ने हाम्रो माग रहदै आएको छ ।

पहिला बाग्मती नदी किनारामा नाकमुख थुनेर हिड्ने स्थानमा अहिले ती किनारामा सयौं संख्याका बिभिन्न किसिमका रेष्टुरेन्टहरु संचालनमा रहेका छन । मानिसहरु रमाईरहेका छन । यसकिसिमका गतिबिधी हुनुले पनि परिवर्तनका संकेत देखिएका छन । निर्माण भएका पार्कहरुमा बिहान र साँझ हजारौको संख्यामा नागरिकहरु योगा, ध्यान, शारीरिक ब्यायमसम्म गर्ने गरेका दृष्यहरु देख्न सकिन्छ । मानिसहरु घुम्न आउने खेल्न आउने गरेका छन । दिनँहू जसो यी पार्कहरुमा फिल्म तथा भिडियोहरु छायांकन समेत हुने गर्छन ।

जबसम्म ढल ब्यबस्थापन हुदैन तबसम्म नदी सफा हुदैन यसका लागी हामी निरन्तर सरकारी निकायसँग छलफल, खबरदारी र दवाब दिदै आएकाछौं । योसँगै महाअभियानले फोहरलाई श्रोत मै व्यवस्थापन गर्न, नदीहरु, सम्पदाहरु तथा सार्वजनिक स्थलशरुको सरसफाइ गर्न र राष्ट्रब्यापी जनचेतना जगाउदै अतुलनीय योगदान दिदै आएको छ । हामीले शुरू गरेको सरसफाइ महाअभियान राष्ट्रव्यापी बनेको छ यस कार्यका लागी नागरिक समाज सञ्चार जगतले निरन्तर सहयोग गरिरहनु भएको छ । यो हामी सबैको साझा महाअभियान हो । यसमा सहभागि हुने र परोक्ष सहयोग गर्ने सबै यसका अभियन्ता हुन । महाअभियानको मूल उद्देश्य भनेको विशुद्ध स्वयंसेवी भावनाको विकास गर्ने, स्वाभिमानी भावनाको विकास गराउने, हामी हाम्रो काम आफै गर्न सक्छौ भन्ने भावनाका साथ राष्ट्र निर्माणमा निस्वार्थ समर्पण हुने युवा जनशक्ति निर्माण गर्ने हो । त्यसैले मैले नगरे कसले गर्ने ॽ अहिले नगरे कहिले गर्नेॽ भनेर आफै कृयाशील हुने मौका पाएको हो ।

अभियान कहिलेसम्म संचालन हुन्छ त ॽ भन्नेको संख्या पनि ठुलो छ । हाम्रो जवाफ एउटै छ जबसम्म नदीमा सफा पानी बग्दैन राज्यले जिम्मा लिदैन तबसम्म यो महाअभियान जारी नै रहन्छ ।

चक्र बहादुर चन्द,  अभियन्ता मिति  २०८१ कार्तिक २४ गते