सन १७८१मा  रण बहादुर शाहको शासनकालमा नेपाल राज्यमा एकिकरण हुनु भन्दा आगाडी यो जिल्ला लमजुड राज्य कै एक अङ्गको रूपमा रहेको थियो। पछि यस जिल्लालाई पश्चिम ३ नं. गोश्वारा अन्तर्गतरण पोखरा स्थित बडाहाकिम मार्फत राखि प्रशासन सञ्चालन गरियो। वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा बिभाजन गर्दा पोखरा गञ्डकीअन्तर्गत एउटा छुट्टै जिल्लाको रूपमा स्थापित भएको हो। हाल गञ्डकी प्रदेशमा पर्दछ। जिल्लाको सबैभन्दा ठूलो गाउँ मनाङभएकोले यही नामबाट जिल्लाको नामाकरण भएको हो । मनाङ् शब्द तिब्बती भाषाको म्हनाङ् शब्दबाट अपभ्रंश भएर आएको हो। तिब्वती भाषामा म्हको अर्थ सहायता र नाङको अर्थ देउ भन्ने हुन्छ। 

यही मनाङ् गाऊआसपासका बिभिन्न मनमोहक रमणिय ठाऊहरु अन्नपूर्ण तिन, गंगापूर्ण हिमाल, गंगापूर्ण ताल,  भ्राकागाऊ र मर्स्याङ्दी नदी लगाएतका ठाऊहरुको मैले कैद गरेका तस्बिरहरु